Bichitra
»
बिरालोले प्रहरीलाई फोन गरेपछी...(फोटोसहित) |
बिरालोले प्रहरीलाई फोन गरेपछी...(फोटोसहित) |
एक घरभित्र थुनिएको एक बिरालोले फोन गरेपछी प्रहरीले उक्त घरको ढोका नै फोरेर भित्र छिरेको छ । घरभित्र रहेको बिरालोले ९९९ डायल गरेपछी प्रहरीले शंका लागि घरको स्थान पत्ता लगाएर घर पुगेको थियो र घण्टी बजाउँदा कसैले पनि ढोका नखोलेपछी प्रहरीले घरको मुलढोका फोरेर भित्र छिरेको थियो ।
घरभित्रबाट फोन आएको तर ढोका नखोलेपछी शंका लागेर प्रहरीले उक्त घरको मुल ढोका फोरेको थियो । ३३ वर्षीय जेम्स ककसेज बस्दै आएको उक्त घरको ढोका फोरेर घरभित्र पस्दा प्रहरीले उक्त बिरालोमात्र भेटेको थियो ।
घरभित्र उक्त बिरालोलाई छाडेर सबै काममा गएको बेलामा बिरालोले टेलिफोनको रिसिभर फोनबाट बाहिर सारेर ९९९ डायल गर्न सफल भएको थियो । उसले फोनमा टेक्दा उसको पञ्जाले उक्त नम्बर डायल भएपछी प्रहरीले कुनै घटना भएको हुन सक्ने भन्दै घरको स्थान पत्ता लगाएर त्यहाँ पुगेको थियो । तर, घरभित्र बिरालोमात्र भेटिएपछी उनीहरू दिक्क मान्दै फर्किएका थिए ।
हेरौ बिरालोले कसरी गर्यो प्रहरीले फोन तस्विरमा..
0 comments
Write Down Your Responses