तालिबान नेता हकीमुल्ला महसूद मारिए
१६ कात्तिक, काठमाडौं । अमेरिकी ड्रोन आक्रमणमा तलिबानका नेता हकीमुल्ला महसूदको मृत्यु भएको छ । तालिबानका उच्च अधिकारीले हकीमुल्ला मारिएको पुष्टी गरेको बीबीसीले जनाएको छ । उत्तरी बजरिस्तानमा भएको आक्रमणमा उनका भाईसहित अन्य ५ जनाको पनि मृत्यु भएको छ ।

बाशिङ्गटनलाई पनि हकीमुल्ला मारिएको पुष्ट जानकारी रहेको अमेरिकी गुप्तचर विभागका एक अधिकारीले बताएका छन् । २००९ मा तालिबानी नेता बैतुल्ला महसूद मारिएपछि हकीमुल्ला कामाण्डर बनेका थिए । ड्रोन आक्रमणमा हकिमुल्लाको गाडीलाई निशाना बनाएर उत्तर पश्चिमी कबायली इलाकाको उत्तरी वजरिस्तानमा चार मिलाइल प्रहार गरिएको थियो ।
पाकिस्तानी गुप्तचर एजेन्सीका अनुसार हकीमुल्लाको शनिबार अन्तिम संकार गरिनेछ । तालिबानले जवाफी आक्रमण गर्ने आशंकामा पाकिस्तानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसअघि अमेरिकी र पाकिस्तानी गुप्तचर एजेन्सीले हकीमुल्ला मारिएको दावी गरेपनि पछि गलत सावित भएको थियो ।
हकीमुल्ल्ला मारिने गरी भएको ड्रोन आक्रमणको निन्दा पाकिस्तानले भने गरेको छ । यसले पाकिस्तानी सम्प्रभुता र क्षेत्रीय अखण्डतामा आक्रमण भएको भन्दै पाकिस्तानले दुई देशबीचको सम्वन्धमा असर पर्ने चेतावनी दिएको छ ।
२००७ मा बैतुल्लाले हकीमुल्लालाई कनिष्ठ कामाण्डर निुयक्त गरेपछि उनी महत्वपूर्ण बनेका थिए । ३ सय पाकिस्तानी सैनिकलाई कब्जामा लिएपछि उनलाई रातारात संगठनमा बढुवा गरिएको थियो । हजारौं मानिसका मृत्युको जिम्मेवार मानिएका उनलाई अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले ५० हजार डलरको पुरस्कार समेत घोषणा गरेको थियो ।
0 comments
Write Down Your Responses