National News
»
तिहारमा उत्सव बत्ति नबाल्नुस्, प्राधिकरणले लाइन काट्ला ! |
तिहारमा उत्सव बत्ति नबाल्नुस्, प्राधिकरणले लाइन काट्ला ! |
१५ कार्तिक, काठमाडौ । उज्यालोको पर्व भनिने तिहारमा उत्सव (झिलिमिली) बत्ति बाल्न पनि नपाइने भएको छ । दिनानुदिन बिद्युत माग बढ्दै जादा प्राधिकरणलाइ तिहारमा विद्युत माग थाम्न कठिन परेपछि उत्सव बत्ति नबाल्न आग्रह गरेको छ ।
.jpg)
प्राधिकरणले गोर्खापत्रमा सार्वजानिक सूचना प्रकाशित गरेर तिहारको बेला उत्सव बत्ती नबाल्न आग्रह गरेको हो । अटेर गरेर उत्सव बत्ती बालिए त्यस्ता ग्राहकको घरमा बिद्युत सेवा काटने सम्मको चेतावनी प्राधिकरणले दिएको छ । पछिल्ला बर्षमा शहरी क्षेत्रमा उत्सव बत्ती बाल्ने प्रतिष्पर्धा चलिरहेको छ ।
तिहारको बेला बिद्युत माग व्यबस्थित गर्न प्राधिकरणले एकमात्र जलाशययुक्त कुलेखानी आयोजनालाई तिहारका मुख्य तिनदिन साँझको समयमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ । प्राधिकरणले तिहारका मुख्य दिनमा साझको समयमा फ्रीज, राइसकुकर, आइरन जस्ता विद्युत खपत गर्ने सामाग्री प्रयोग नगर्न पनि उपभोक्तासँग अपील गरेको छ ।
लामो मनसुनी बर्षाका कारण नदीमा पानीका बहाव बढेका कारण अहिलेसम्म दैनिक २ घण्टामा सिमित लोडसेडिङ तिहार लगत्तै बढ्ने प्राधिकरण स्रोतले जनाएको छ । चुनावको समयमा मंसीर पहिलो साता सकेसम्म लोडसेडिङ नगर्ने गरी प्राधिकरणले तयारी सुरु गरेको छ । कम्तिमा मतपरिणाम सार्वजानिक नहुँदासम्म विद्युत आपूर्ती नियमित गर्न सरकारले प्राधिकरणलाई अनुरोध गरेको बुझिएको छ ।
0 comments
Write Down Your Responses