केदार श्रेष्ठ ।
गोरु तिहार काग तिहार कुकुर तिहार मनाइयो,
भेटे जति नेतालाई माला लगाइयो ।
भेटे जति नेतालाई माला लगाइयो ।
यसपालीका तिहारमा पार्टी र नेताहरुले देउसी भैलो खेल्दै भोट मागेका प्रसंगहरु मात्र होइनन्, नेताहरुलाई शब्द वाण हानिएका यस्ता देउसी–भैलोका टुक्काहरु प्रशस्त सुन्न पाइनेछन् । नेताहरुले भोट माग्नका लागि देउसी–भैलो खेल्न लागिरहेका बेला च्वास्स–च्वास्स घोचेर आत्था–आत्था पार्दै पेट मिचिमिचि हँसाउन यस्ता फरक खाले देउसी–भैलो पनि आयोजना हुँदैछ ।
मंसिर ४ मा हुने दोस्रो संविधानसभाको निर्वाचनले माहौल तताइरहेका बेला नेताहरुको गुण–दोषबारे अनेकन टीकाटिप्पणीहरु भइरहेका नै छन् । नेपालमा सबैभन्दा बढी गाली र सराप खाने नेताहरुले यस समयमा झनै त्यस्ता टीप्पणीहरु पाउनु अस्वाभाविक भने होइन ।
संविधानसभाको निर्वाचनअघि परेका नेपालीहरुका ठूला चाडहरुलाई पार्टी तथा नेताहरुले भोट माग्ने राम्रो अवसरका रुपमा पनि प्रयोग गरे । दशैंका समयमा नेताहरु भेटघाटका निहुँमा यताउता प्रचारमा पुगे भने, दशैं मनाउन भन्दै वर्षौंपछि गाउँ पनि फर्किए । अब तिकारको बेला पनि देउसी–भैलो खेलेर भोट माग्न दलहरु तम्तयार भएका छन् ।
यसैबेला सिस्नोपानी नेपाल भने देउसी–भैलोबाटै नेता तथा पार्टीहरुलाई सिस्नो लगाउन तम्तयार भएको छ । सँधैझैं यसवर्ष पनि व्यङ्ग्यपूर्ण देउसी–भैलो खेल्न सिस्नुपानीले सुरु गर्दैछ । झन् यसपटक नेताहरु निर्वाचनका माहोलमा रहेका बेला नेताहरुलाई शब्द वाण हान्न उनीहरु तम्तयार भएका छन् ।
सिस्नुपानीका लक्ष्मण गाम्नागेले यसवर्ष नेता र पार्टीहरुको झाँको झार्न सिस्नुपानी देउसीको फाँकी भन्दै अनेकन व्यङ्ग्यपूर्ण टुक्काहरु तयार पारेका छन् । माथि प्रस्तुत भएका व्यङ्ग्य गीतका टुक्काहरु उनका देउसी फाँकी हुन् ।
सिस्नुपानीको देउसीमा नेता, निर्वाचन र पार्टी नै केन्द्रमा पर्ने निश्चित छ । उनीहरुले यसपाली शब्दका अगुल्ठोले निकै झटारो खाने व्यङ्ग्यकार लक्ष्मण गाम्नागे बताउँछन् । उनी भन्छन्, ‘निर्वाचन आइरहेको बेला माहोलै यही छ, विगतमा नेताहरुले गरेका गल्तीहरुलाई हामी देउसीमा पस्कन्छौं । वर्षभरी भएका राजनीतिक गतिविधि नै हाम्रो सिर्जनाका स्रोत हुन् ।’
गाम्नागेसँग यसपालीका देउसीका लागि राजनीतिक व्यङ्ग्य वाणका प्रशस्तै सिर्जनाहरु छन् । उनले अघिल्लो संविधानसभामा नेताहरुको असक्षमतादेखि अहिले पनि रहेकका नेताहरुमा लाचारीलाई झटारो हानेका छन् । उनले परम्परागत रुपमा भनिने ‘देउसीरे’को सट्टा ‘निर्वाचन’भन्दै निर्वाचन देउसी खेल्ने उल्लेख गर्दै तीनै झटारोहरुमध्ये सुनाए–
बानेश्वरको बाटो हिँड्न मान्छेहरु डराउँथे
रातिरति सभासदका भूत कराउँथे ।
रातिरति सभासदका भूत कराउँथे ।
सुते होलान् भन्ठानेको, लौन फेरि जागेछन्
होँक्का, होँक्का गर्दै ती त गाउँ पो लागेछन् ।।
होँक्का, होँक्का गर्दै ती त गाउँ पो लागेछन् ।।
राजनीतिक विषय मात्र होइन सिस्नुपानीले सामाजिक विषयवस्तुमा पनि हाँस्यव्यङ्ग्य दिनेछन् । ‘हामीले महंगी, भ्रष्ट्राचार, अनियमितता, विकृति, विसंगतिलाई मूख्य सामाजिक विषयवस्तु बनाएका छौं’, गाम्नागेले बताए । सामाजिक विकृति विसंगती देखि नेपाली जनताको काम गराई शैलीप्रति पनि वाण हान्दैछन्, सिस्नुपानीका सिस्नुघारीहरु । उनीहरुका सामाजिक वाणहरु यस्ता छन्–
तरकारीको उपचार इन्जेक्सन्ले गरिन्छ
नखाउँ भोकै परिन्छ, खांदा मरिन्छ ।
नखाउँ भोकै परिन्छ, खांदा मरिन्छ ।
धन हुनेलाई होइन छोरी प्याज हुनेलाई दिने हो
ज्वाँईका लागि आलुको सिक्री किने भो ।
ज्वाँईका लागि आलुको सिक्री किने भो ।
सिस्नुपानीले कुकुर तिहारका दिन शनिबार पशुपतिस्थित वृदाश्रममा सार्वजनिक देउसी खेल्दैछ । अपरान्ह ४ बजे सुरु हुने देउसीमा यी र यस्तै शब्द वाणहरुले धेरैलाई च्वास्स–च्वास्स घोच्नेछन् । गाई तिहारदेखि भने सिस्नुपानीले विभिन्न सञ्चारमाध्यममा देउसी खेल्ने गाम्नागेले जनाए ।
उनका अनुसार गाई तिहारका दिन आइतबार रेडियो अडियो तथा एभन्युज टिभीमा देउसी खेल्दैछन् । सिस्नुपानीका देउसी टोलीमा हाँस्यव्यङ्ग्यकारहरु मनोज गजुरेल, धिरेन्द्र प्रेमर्षी, गोविन्दबाबु तियारी, अनिल पौडेल, टंक पन्त लगायतले आफ्ना बाणहरुका साथ व्यङ्ग्यका धनुष भिरेका छन् ।
सिस्नुपानीले तय गरेको देउसी यस्तो छ–
भन भन नेपाली – निर्वाचन
मधेश पहाड हिमाली – निर्वाचन
थारु बाहुन थकाली – निर्वाचन
हामी सबै नेपाली – निर्वाचन
दलैदलको दलदल – निर्वाचन
उम्मेद्वारको दलबल – निर्वाचन
ढुंगा र मूढा – निर्वाचन
फुक्लिँदैछन् घुँडा – निर्वाचन
बैद्यका गोला – निर्वाचन
होला कि नहोला – निर्वाचन ।
मधेश पहाड हिमाली – निर्वाचन
थारु बाहुन थकाली – निर्वाचन
हामी सबै नेपाली – निर्वाचन
दलैदलको दलदल – निर्वाचन
उम्मेद्वारको दलबल – निर्वाचन
ढुंगा र मूढा – निर्वाचन
फुक्लिँदैछन् घुँडा – निर्वाचन
बैद्यका गोला – निर्वाचन
होला कि नहोला – निर्वाचन ।
हाम्रो गाउँको झुसे पनि उम्मेदवार भाको छ
चुनाव हुने खतरा बढ्दै गाको छ ।
चुनाव हुने खतरा बढ्दै गाको छ ।
भोट माग्न हिँडेको पर्चा पम्प्लेट बोकेको
बैद्यबाले समातेर झण्डै ठोकेको ।
बैद्यबाले समातेर झण्डै ठोकेको ।
बाटो घाटो खुला पाइयो मसाज भट्टी बन्द छन्
कुरो बुझ्दा नेताहरूले सहर छाडेछन् ।
कुरो बुझ्दा नेताहरूले सहर छाडेछन् ।
बुझ्यौं बल्ल देशको हालत कसले यस्तो बनायो
नेता जब गाउँ पसे गावैं गनायो ।
नेता जब गाउँ पसे गावैं गनायो ।
बानेश्वरको बाटो हिँड्न मान्छे पहिला डराउँथे
राति राति सभासद्का भूत कराउँथे ।
राति राति सभासद्का भूत कराउँथे ।
सुते होलान् भन्ठानेको लौ न फेरि जागेछन्
होक्काँ होक्काँ गर्दै ती त गाउँ लागेछन् ।
होक्काँ होक्काँ गर्दै ती त गाउँ लागेछन् ।
सहर छाडी साँढेहरू गाउँमा चर्न आका छन्
आफैं आफ्ना गर्धनमा माला लाका छन् ।
आफैं आफ्ना गर्धनमा माला लाका छन् ।
जोत्ला जस्तो देखिनेलाई हरियो घाँस हाल्दिनू
नजोत्नेलाई पुच्छरमा पुल्ठो बाल्दिनू ।
नजोत्नेलाई पुच्छरमा पुल्ठो बाल्दिनू ।
बोल बोल देउसे – बोल्ने हो
सत्य कुरा खोल – खोल्ने हो
कागज कसको – चाइनाको
मसी कसको – चाइनाको
स्टाप्लर कसको – चाइनाको
आल्पिन कसको – चाइनाको
मोटर चाहिँ कसको रु – भारतको
पेट्रोल डिजेल – भारतको
झोला डोरी – भारतको
बाकस कसको – जापानको
डटपेन कसको – जापानको
त्रिपाल कसको – फ्रान्सको
अनुगमन कसको – युरोपको
चुनाव खर्च कसको – यु एस को
निर्वाचन कसको – चुप चुप चुप
आयोग कसको – चुप चुप चुप
उम्मेदवार कसको – चुप चुप चुप
हामी कसको – चुप चुप चुप ।
सत्य कुरा खोल – खोल्ने हो
कागज कसको – चाइनाको
मसी कसको – चाइनाको
स्टाप्लर कसको – चाइनाको
आल्पिन कसको – चाइनाको
मोटर चाहिँ कसको रु – भारतको
पेट्रोल डिजेल – भारतको
झोला डोरी – भारतको
बाकस कसको – जापानको
डटपेन कसको – जापानको
त्रिपाल कसको – फ्रान्सको
अनुगमन कसको – युरोपको
चुनाव खर्च कसको – यु एस को
निर्वाचन कसको – चुप चुप चुप
आयोग कसको – चुप चुप चुप
उम्मेदवार कसको – चुप चुप चुप
हामी कसको – चुप चुप चुप ।
हाम्रा सुशिल दादाको दारी मात्रै गालो खोई ?
हेल्लो दिल्ली १ प्रधानमन्त्री खाने पालो खोई ?
हेल्लो दिल्ली १ प्रधानमन्त्री खाने पालो खोई ?
एमाले र काँग्रेसको देखेकै हो ह्याऊ
बैद्यबालाई उचालेर खाने यिनको दाऊ ।
बैद्यबालाई उचालेर खाने यिनको दाऊ ।
मुखले एक मधेश, नेतैपिच्छे प्रदेश
आफैं धामी आफैं झाँक्री कठै मधेश ।
आफैं धामी आफैं झाँक्री कठै मधेश ।
प्रचण्डका परिवारै निर्वाचनमा जुट्या छन्
बाबु, छोरी, भाइ, बुहारी सबै उठ्या छन् ।
बाबु, छोरी, भाइ, बुहारी सबै उठ्या छन् ।
महंगीको खिलमाथि खिलखिल गर्छन् खिलराज
दुइटा मोटर एउटै ड्राइभर हाँसे जेमराज ।
दुइटा मोटर एउटै ड्राइभर हाँसे जेमराज ।
राष्ट्रपति यो देउसीको विषय नै बनेनन्
किनभने उनले कुनै बाटो खनेनन् ।
किनभने उनले कुनै बाटो खनेनन् ।
राहत बाँड्न खोज्नेलाई हाल्छौं भन्छन् कारागार
लुटेरा र हत्यारा चाहिँ तिनका उम्मेदबार ।
लुटेरा र हत्यारा चाहिँ तिनका उम्मेदबार ।
पोलौंपोलौं साथी हो मोटर पोली के हुन्छ ?
एउटा पोल्यो दिल्लीले अर्को दिहाल्छ ।
एउटा पोल्यो दिल्लीले अर्को दिहाल्छ ।
मुक्ति ल्याउने सपना थ्यो सिपाही भए लडाकू
नाइके चाहिँ ट्वार्र ट्वार्र तान्छन् तमाखू ।
नाइके चाहिँ ट्वार्र ट्वार्र तान्छन् तमाखू ।
लुलाबुढा बाङ्गाटिङ्गा देशमै नेता छान्दैछौं
युवा जति भोटको साटो भिसा हान्दैछौँ ।
युवा जति भोटको साटो भिसा हान्दैछौँ ।
दुगड खेतान गोयन्का मित्तल र मुडबरी
नेपालका दलित पिडित गोल्छा चौधरी ।
नेपालका दलित पिडित गोल्छा चौधरी ।
सुन जनता प्रस्ट हो – लोकमान सिं
सुनसुन भ्रष्ट हो – लोकमान सिं
सुनसुन इष्ट हो – लोकमान सिं
सुनसुन दुष्ट हो – लोकमान सिं
शीर्षस्थको शिरबाट – लोकमान सिं
राजतन्त्रको भीरबाट – लोकमान सिं
तस्करीको तुनाबाट – लोकमान सिं
क्रान्तिकारी कुनाबाट – लोकमान सिं
खरदारसुब्बा समाउलान्- लोकमान सिं
खुट्टा धुन लगाउलान् – लोकमान सिं
भ्रष्टाचार नियन्त्रण – स्यालको सिङ्
सुशासन र सदाचार – स्यालको सिङ् ।
सुनसुन भ्रष्ट हो – लोकमान सिं
सुनसुन इष्ट हो – लोकमान सिं
सुनसुन दुष्ट हो – लोकमान सिं
शीर्षस्थको शिरबाट – लोकमान सिं
राजतन्त्रको भीरबाट – लोकमान सिं
तस्करीको तुनाबाट – लोकमान सिं
क्रान्तिकारी कुनाबाट – लोकमान सिं
खरदारसुब्बा समाउलान्- लोकमान सिं
खुट्टा धुन लगाउलान् – लोकमान सिं
भ्रष्टाचार नियन्त्रण – स्यालको सिङ्
सुशासन र सदाचार – स्यालको सिङ् ।
बिद्युतका सबै हाकिम अख्तियारको फन्दामा
कुरो नमिलेर हो कि खाने धन्दामा ?
कुरो नमिलेर हो कि खाने धन्दामा ?
कल्ले फोन गर्यो भनी तीन कल गर्दा चिनिन्छ
त्यसैले त टेलिकमको सीम किनिन्छ ।
त्यसैले त टेलिकमको सीम किनिन्छ ।
उपहारको लोभले एनसेल सिम ल्याइयो
एन सेल माने नेपाल सेल बल्ल चाल पाइयो ।
एन सेल माने नेपाल सेल बल्ल चाल पाइयो ।
फुस्स फुस्स हावा हान्छ खानेपानी धाराले
बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।
बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।
हामी पनि दिइरहन्छौं सरकार पनि दिइरहन्छ
आयल निगम घाटासँगै बोनस खाइरहन्छ ।
आयल निगम घाटासँगै बोनस खाइरहन्छ ।
भोट माग नेता हो – भोट माग
जोडेर हात – भोट माग
ढोगेर खुट्टा – भोट माग
बोकेर मल – भोट माग
सोहोरेर ढल – भोट माग
मकै छोडाई – भोट माग
पछ्यौरी ओडाई – भोट माग
दाँतै ङिच्याई – भोट माग
लाजै पचाई – भोट माग
चिल्लो लगाई – भोट माग
डराई डराई – भोट माग
रोई कराई – भोट माग
जालैमा फँसाई – भोट माग
काखैमा बसाई – भोट माग ।
जोडेर हात – भोट माग
ढोगेर खुट्टा – भोट माग
बोकेर मल – भोट माग
सोहोरेर ढल – भोट माग
मकै छोडाई – भोट माग
पछ्यौरी ओडाई – भोट माग
दाँतै ङिच्याई – भोट माग
लाजै पचाई – भोट माग
चिल्लो लगाई – भोट माग
डराई डराई – भोट माग
रोई कराई – भोट माग
जालैमा फँसाई – भोट माग
काखैमा बसाई – भोट माग ।
कृषि प्रधान देशमा किन बोक्ने कोदालो
कोदालोको बिँड हाली झण्डा उचालो ।
कोदालोको बिँड हाली झण्डा उचालो ।
तरकारीको उपचार इन्जेक्शनले गरिन्छ
नखाउँ भोकै परिन्छ, खाँदा मरिन्छ ।
नखाउँ भोकै परिन्छ, खाँदा मरिन्छ ।
धन हुनेलाई होइन छोरी प्याज हुनेलाई दिने हो
ज्वाईंका लागि आलुको सिक्री किने भो ।
ज्वाईंका लागि आलुको सिक्री किने भो ।
सरकारले ठूलो बजेट मास्टरमाथि खन्याउँछ
मास्टर भने नेताजीको लुतो कन्याउँछ ।
मास्टर भने नेताजीको लुतो कन्याउँछ ।
विदेश जाने चेली हो तिहारमा फिर्नू है
एयरपोर्टमा रक्षा गर्लान् होश गर्नू है ।
एयरपोर्टमा रक्षा गर्लान् होश गर्नू है ।
अधिकारी दम्पतिलाई कसले कठै भन्ने हो
पाप छोप्ने निरुपण आयोग कहिले बन्ने हो ।
पाप छोप्ने निरुपण आयोग कहिले बन्ने हो ।
नेता भने खोकी लाग्दा सिंगापुर र्झदछन्
डाक्टर चित्र उपचारै नपाई मर्दछन् ।
डाक्टर चित्र उपचारै नपाई मर्दछन् ।
कस्तो समाज कस्तो देश क्या गजबको चाला
जेलबाट भ्रष्ट छुट्दा एक क्विन्टल माला ।
जेलबाट भ्रष्ट छुट्दा एक क्विन्टल माला ।
ए दिँदैछौं आषिश – गनेर
सबैले जितून – भनेर
सहरको स्याल – गाउँ पसोस्
मृतकका नाउँमा – मत खसोस्
सडकमा खाल्टा – खुल्टी होस्
आश्वासन सुन्दा – उल्टी होस्
ढाडेले बजेट – नचाटोस्
नेताले बाटो – नकाटोस्
जग्गा दलाल अब – नजागून
बैंकका साहू विदेश – नभागून
दान पुण्य गर्न – धन नहोस्
कसरत गर्न – मन नेहोस्
सुगर सधैं – बढ्दो होस्
प्रेसर अझै – चढ्दो होस्
सम्विधान छिटो – लेखियोस्
उज्यालो नेपाल – देखियोस्
भ्रष्टका मनमा – भय होस्
नेपाली जनताको – जय होस् ।।
सबैले जितून – भनेर
सहरको स्याल – गाउँ पसोस्
मृतकका नाउँमा – मत खसोस्
सडकमा खाल्टा – खुल्टी होस्
आश्वासन सुन्दा – उल्टी होस्
ढाडेले बजेट – नचाटोस्
नेताले बाटो – नकाटोस्
जग्गा दलाल अब – नजागून
बैंकका साहू विदेश – नभागून
दान पुण्य गर्न – धन नहोस्
कसरत गर्न – मन नेहोस्
सुगर सधैं – बढ्दो होस्
प्रेसर अझै – चढ्दो होस्
सम्विधान छिटो – लेखियोस्
उज्यालो नेपाल – देखियोस्
भ्रष्टका मनमा – भय होस्
नेपाली जनताको – जय होस् ।।
सयौं थुँगा फूलका हामी एउटै माला नेपाली
माला चुडाउनेका गाला चड्काऊ नेपाली ।
माला चुडाउनेका गाला चड्काऊ नेपाली ।
0 comments
Write Down Your Responses