अभिनेता भुवन केसी मत माग्दै
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
सुनसरी, १६ कात्तिक । चलचित्र अभिनेता भुवन केसी यतिखेर सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार रहनुभएका नेकपा एमालेका उम्मेदवार रेवतीरमण भण्डारीका लागि मत माग्दै घरदैलो अभियानमा सक्रिय रहनुभएको छ ।
बाजागाजासहित नाचगान गरेर घरदैलो अभियानको नेतृत्वमा रहनुभएका केसीले एमाले गरिबदुःखीको पार्टी रहेको र एमालेलाई मात दिएमा मात्र संविधान बन्न सक्ने परिस्थितिको निर्माण गर्न सकिने बताउनुभयो ।
अभिनेता केसीले नेपाली दाजुभाइ तथा दिदीबहिनीको आत्मसम्मानका लागि एमालेले नै सम्बोधन गर्छ र कलाकारलाई पनि सम्मान गर्छ भन्नुभयो ।
अभिनेता केसीले मत माग्नका लागि घरदैलो अभियानमा रहेका बेला उहाँलाई हेर्नकै लागि केटाकेटी र महिलाको राम्रै उपस्थिति थियो । केसी एमालेबाट समानुपातिक उम्मेदवार पनि हुनुहुन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses