एमालेको चुनावी टोलीमाथि गोली प्रहार गरी आक्रमण
१६ कात्तिक, भोजपुर । नेकपा एमाले भोजपुर क्षेत्र नंम्बर १ का उमेद्धार कृपाशुर शेर्पाको टोलि माथि आज विहान आक्रमणको प्रयास भएको छ । दोभाने गाविसमा चुनावी सभा गरी फर्कने क्रममा कुदाककाउले गाउँ विकास समितिको ताँबु खोला नजिकै आक्रमण प्रयास भएको नेकपा एमाले प्रचार विभाग प्रमुख मक्कर खड्काले जानकारी दिनुभयो ।

अज्ञात समूहले विहान १० बजे ३ राउन्ड गोली चलाउनुका साथै बाटोमाथिको डाँडाबाट ढुंगा मुढासमेत गरेका थिए । टोलीमा रहेका सवै सकुशल रहेको जनाउँदै सुरक्षाका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यलय दिंलाबाट घट्नास्थलमा थप शुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी प्रमुख नान्तिराज गुरुङले बताउनुभयो ।
नेकपा माओवादीद्दारा घटनामा संलग्नता अस्वीकार
नेकपा-माओवादीले भोजपुर क्षेत्र नं. १ का एमालेका उम्मेदवार कृपाशुर शेर्पाको टोलीमाथि गोली प्रहार गरिएको घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।
नेकपा-माओवादी किरात राज्य समितिका इन्चार्ज दिपेश किरातीले आफूहरु चुनाव बहिष्कार अभियानमा भए पनि कुनै पनि दलका उम्मेदवारमाथि भौतिक आक्रमण नउत्रने बताउनुभयो । ‘एमाले उम्मेदवारको टोलीमाथि गोली र ढुंगामुढा प्रहार गरिएको घटनामा हाम्रो कुनै संलग्नता छैन । यदि कसैले त्यस्तो भ्रम छरेको छ भने त्यसको हामी सशक्त प्रतिरोध गर्छौं ।’ इन्चार्ज किरातीले भन्नुभयो ।
चुनाब बहिष्कारमा रहेकाले आफूहरुमाथि नै सो घटनाको दोष थोपर्ने षड्यन्त्र भएमा त्यसले राजनीतिक जवाफ दिने बताउादै इन्चार्ज किरातीले झुठो प्रचार नगर्न पनि आग्रह गर्नुभयो ।
0 comments
Write Down Your Responses