Entertainment
»
लोग्नेको कुटाई सहन नसकेर दोश्रो बिहे गरेकी थिइन् हिसिलाले
लोग्नेको कुटाई सहन नसकेर दोश्रो बिहे गरेकी थिइन् हिसिलाले
पर्दा पछाडी रहदा विपना बस्नेतको नाम र उनको कामको बारेमा कमैलाई मात्र थाहा थियो । १ दशक भन्दा लामो समयदेखि नेपाली सिने नगरीमा नायक नायिकाको अनुहार सुन्दर बनाउन लागेकी बस्नेतलाई कसैले पनि चिन्दैनथ्य ।

तर एकाएक हाँस्य सिरियल ‘तितो सत्य’मा राजनीतिकी चर्चित खेलाडी हिसिला यमीको भूमिकामा देखेपछि उनको परिचय फेरियो, बाटो मोडियो । आज उनी सिने नगरीका कुनै नायक नायिका भन्दा चर्चाको हिसावले कम छैनन् । उनलाई सार्वजनिक कार्यक्रममा हिसिला बन्न भ्याइनभ्याई छ ।
तर उनको जीवनको भोगाई र दोश्रो बिहेको कथा कमैलाई मात्र थाहा छ होला । कलाकार विपना बस्नेतले दोश्रो बिहे गर्नु बाध्यता थियो । १८ बर्षको उमेरमा बिहे गरेपछि उनले लोग्नेको माया भन्दा पनि कुटाई बढि सहनु पर्यो । जेठी छोरी पेटमा रहदा देखि लोग्नेले रक्सी खाएर कुट्न थालेपछि उनको दुखको दिन सुरु भएको थियो ।
‘अरु केटीहरुसँग लाग्ने, मलाई दैनिक पिट्ने गरेपछि हैरान हुन थाले’, विपनाले भनिन् । ‘एउटा लोग्नले १० वटा श्रीमती ल्याउन हुने, हामी भने उसले दिने पिडा सहेर बस्नु पर्छ भन्ने लागेन र घर छोडे’, विपनाले भनिन् । ‘हामीले कुनै काम गर्दा श्रीमानको हात माग्नु पर्दैन, बाच्नको लागि श्रीमानको मुटु माग्नु पर्दैन, तर उसले जति पिडा दिए पनि सहनु पर्छ भन्ने पनि छैन’, विपनाको तर्क छ ।
तरकारीमा नुन चर्को भएको त अरुलाई थाहा हुन्थ्यो तर विपनाको मन भित्र चर्कीएको घाउ कमैले मात्र थाहा पाउथ्य । उनी लोग्नेको पिडा सहन नसकेर बारम्बार माइत पनि गइन् । करिब १० बर्षसम्म लोग्नेको रातदिनको कुटाई सहेपनि अन्त्यमा आफूले घर छोडेको उनले बताइन् । घर छोडेको करिब ५ बर्षपछि उनले दोश्रो बिहे कलाकार दिपक क्षेत्रीसँग गरिन् । ‘पहिलो श्रीमानले धेरै रक्सी खाएर कुटेपछि दोश्रो खोजेको उसको बानी पनि पिउने नै रैछ’, वीपनाले आफ्नो भाग्य संझदै भनिन् ।
तर दोश्रो श्रीमानले उनलाई न त कुटेका छन् न त कुनै खालको पिडा नै दिएका छन् । विपनाले ब्यूटिसियन कोर्स त एसएलसी दिएपछि नै गरेकी हुन् तर पहिलो लोग्नेलाई छोडेपछि उनले फेरी यसको तालिम लिइन् । यसपश्चात मात्र उनको सिनेमा करिअर सुरु भएको हो । लामो समयसम्म पिडा र भोगाइमा बाच्नु परेतापनि आज उनी सफल छिन्, आफ्नै मिहिनेत र हिम्मतले ।
0 comments
Write Down Your Responses