नेपालीले गाएको इङ्लिस गीत युट्युबमा हिट, कति लाखले हेरे...(भिडियोसहित) |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कमेडी शैलीमा नेपाली लोक गायक भीम निरौलाले गाएको 'सन्डे मर्निङ लभ यू' बोलको गीतले अहिले निकै चर्चा बटुलिरहेको छ । गत असोज २६ गते युट्युबमा अफलोड गरिएको उक्त भिडियो नेपालीहरूमाझ लोकप्रिय बनेको छ ।



विगत ८ वर्षदेखी बेलायतमा बस्दै आएका गायक निरौलाले बेलायतमै उक्त गीत रेकर्ड गराएका थिए भने भिडियोसमेत बेलायतकै केहि स्थान र स्टुडियोभित्र पर्दा राखेर गरेका थिए । उनले उक्त गीत रेकर्ड गराउनका लागि करिब ८ सय पाउण्ड लागेको र म्युजिक भिडियो तयार पार्न २ हजार डलर लागेको बताएका छन् । उक्त म्युजिक भिडियोलाई बेलायतका निर्देशक रोजर बाल्गले खिचेको र गीतमा बेलायती मोडेल कार्पी कौकोचले मोडलिङ गरेको उनले बताएका छन् । उनले नेपाली मोडेलहरूले व्यस्तताका कारण समय दिन नसकेकाले आफूले बेलायती मोडेल प्रयोग गरेको बताएका छन् ।

उनी विगत ८ वर्षदेखी बेलायतको रिडिङस्थित स्टान्डर कन्ज्युमर बैकमा कार्यरत छन् । उनले नयाँ एल्बम ल्याउने तयारी समेत गरिरहेको बताएका छन् । उनले अहिलेसम्म ६ वटा गीत रेकर्ड गरिसकेको र अब थप दुई गीत रेकर्ड गरेर नयाँ एल्बम ल्याउने तयारी गरिरहेको बताए । निकै रमाइलो शैलीमा गाइएको उक्त गीतको म्युजिक भिडियोको बारेमा मिश्रित प्रतिक्रिया आउन थालेको छ । उक्त गीतलाई कतिले रमाईलो खालको तथा नयाँपन बोकेको गीत भनेका छन् भने कतिपयले भने यस गीतलाई वाहियात समेत भनेका छन् ।

भारतीय गायक धनुषले गाएको 'व्हाई दिस कोलाबेरी डि' कै शैलीमा गाइएको उक्त गीतको निकै चर्चामा आइरहेको छ । व्हाई दिस कोलाबेरी डि कै शैलीमा गाइएको यो गीतको भिडियो यो समाचार तयार पार्दासम्म करिब २ लाख ७३ हजार भन्दा बढीले हेरिसकेका छन् भने ३ हजार भन्दा बढीले भिडियोबारे कमेन्ट गरेका छन् । उक्त भिडियोलाई करिब ४५ सय मानिसले लाइक गरेका छन् भने करिब ९ सय ५० मानिसले डिस्लाइक गरेका छन् ।

हेरौ उक्त भिडियो..

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses