‘दोहोरो सुरक्षाका लागि कन्डम’

भिडियो हेर्न तल क्लिक गर्नुहोस

राजविराज, ७ कात्तिक । ‘दोहोरो सुरक्षाका लागि कन्डममा पहुँच बढाऔँ’ भन्ने नाराका साथ आज राजविराजमा राष्ट्रिय कन्डम दिवस मनाइएको छ । सहयोगी समाज र इन्द्रेणी सेवा समाजको संयुक्त आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला एड्स समन्वय समितिलगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा कन्डम दिवस मनाइएको हो ।



आज बिहान रयालीपछि आयोजित गोष्ठीमा पत्रकार मनोहर पोखरेल, जिल्ला एड्स समन्वय समितिका विष्णुकान्त देव, महिला तथा बालबालिका कार्यालयका अनिता चौधरी, नेपाल परिवार नियोजन सङ्घका दशनलाल माझी, हुपेककी उमा पोखरेल, एकल महिला समूहकी अनिता देवकोटा, जिविसका किशोरकुमार झा, युएनएफपिएका सुजाता सुब्बा, भिसिटी सेन्टर राजविराजका कविता चौधरीले कन्डमको दुरुपयोग होइन सही उपयोगको महत्वबारे जानकारी दिए ।

नेपालमा कन्डमको सहज उपलब्धता र पहुँच बढाउने अभियानलाई सशक्त बनाउन २०५२ सालदेखि राष्ट्रिय कन्डम दिवस मनाउन थालिएको हो । हरेक वर्ष यो दिवस दसैँको कोजाग्रत पूर्णिमापछिको शनिबारका दिन मनाइने गरिए पनि यहाँ आज मनाइएको हो ।

अहिलेसम्ममा विश्वमा तीन करोडभन्दा बढी मानिस एचआइभी र एड्स लागेर बाँचिरहेको र नेपालमा करिब ५० हजार मानिसमा यसको सङ्क्रमण भएको अनुमान गरिएको छ । नेपालमा करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण कन्डमबिना गरिने यौन सम्पर्कका कारण सरेको पाइएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपाली बजारमा नेपालमै उत्पादित कन्डमलगायत भारत, चीन, मलेसिया, जापानसहित देशका विभिन्न कम्पनीका कन्डमसमेत भित्रिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses