काँग्रेसको चुनावी घोषणा पत्र (पूर्ण पाठ सहित)
काठमाडौँ, ७ कात्तिक । नेपाली काँग्रेसले आज चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यलय सानेपामा आज पत्रकार सम्मेलन गरेर काँग्रेसले आगामी चुनावका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको हो ।
कांग्रेसले बहुपहिचायुक्त ७ प्रदेशको संघीय मोडल र संसदीय प्रणालीको शासकीय स्वरुपसहितको घोषणापत्र बनाएको छ । संघीयतामा १३ प्रदेशको विकल्पलाई पनि छलफलका लागि काँग्रेसले खुल्ला राखेको छ ।
संघीयतामा नेताहरुबीच कुरा मिल्न नसकेपछि उपसभापति रामचन्द्र पौडेल संयोजक रहेको घोषणा पत्र तयार समितिले बल्लतल्ल आज घोषणा पत्र सार्वजनिक गरेको हो ।
संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहको संघीय संरचना कांग्रेसको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले प्रदेशको सीमाकंन संविधानमै गर्ने तर नामङ्ककन गर्ने अधिकार प्रादेशिक सरकारलाई दिने कुरा पनि घोषणा पत्रमा समेटेको छ ।
जति प्रदेश बने पनि बहुपहिचानयुक्त हुनुपर्ने कांग्रेसको धारणा छ । तीन तहको सघीय मोडलमा कांग्रेसले केन्द्रलाई संघीय तह उल्लेख गरेको छ । केन्द्रीय तहमा संघीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका लगायत संघीय सम्वैधानिक आयोगहरु रहनेछन । संघीय तहभन्दा तलको प्रादेशिक तहमा प्रदेशको शासन संचालन र प्रादेशिक क्षेत्रको अधिकार प्रयोग गर्ने प्रादेशिक कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहनेछन ।
त्यस्तै स्थानीय तहमा गाउँपालिका, नगरपालिका रहनेछन । कांग्रेसले राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति र कार्यकारी अधिकार सम्पन्न प्रधानमन्त्री भएको संसदीय शासन प्रणाली अवलम्बन गर्ने निर्णय लिएको छ, जसमा राष्ट्रपति आलङ्कारिक हुनेछन ।
राष्ट्रपतिको चयन केन्द्रमा रहने दुई सदन र प्रादेशिक सदनको सयुक्त सभाबाट हुने उल्लेख छ । प्रधानमन्त्री भने केन्द्रको तल्लो सदनबाट निर्वाचत हुने प्रस्ताव छ । प्रदेशमा एक सदन मात्रै रहने र त्यसबाट बहुमत प्राप्त व्यक्तीलाई प्रदेशको मुख्य मन्त्री बनाउने प्रस्ताव छ ।
कांग्रेसले मिश्रीत निर्वाचन प्रणालीमा अडिक रहने धारणा ल्याएको छ । कांग्रेसले अबको संविधानसभाले एक बर्षभित्र नया संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सहमती हुन नसकेका बिषयलाई संविधानसभामा मतदान गर्ने र मतदान गर्दा पनि नटुंगिएमा जनमतसंग्रहमा जाने प्रस्ताव कांग्रेसले ल्याएको छ ।
दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसके फेरी संविधानसभा निर्वाचन नहुने र मुलुक अध्यारो सुरुङतर्फ प्रवेश गर्ने काँग्रेसको ठम्याइ छ ।
काँग्रेसको चुनावी घोषणा पत्र पूर्ण पाठ
0 comments
Write Down Your Responses