झापामा म्यादी प्रहरी ठगिए, कता जान्छ दैनिक १२ हजार ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कवि प्रसाई, झापा, १३ कात्तिक । झापा सुरुङ्गामा म्यादी प्रहरीले आफूलाई दैनिक छुट्टाइएको रकम बराबरको खाना खान पाएका छैनन् । म्यादी प्रहरीलाई सरकारले दिएको रकम बराबरको खाना खानबाट ठगिएका छन् ।



प्रति म्यादी प्रहरी दैनिक एक सय ४० रुपैयाँ छुट्टाइएको छ तर उनीहरुले ४० रुपैयाँको खाना खाँदै आएको रहस्य खुलेको छ । त्यहाँको होटेलमा एक छाक खानाको मूल्य एक सय २० रुपैयाँ पर्छ ।

म्यादी प्रहरीलाई दैनिक खानाको लागि छुट्टाइएको बाँकी रकम इलाका प्रहरी कार्यालय सुरुङ्गाले नै राख्ने गरेको छ । कार्यालयका प्रमुख सइ मदन मैनालीले तत्काल दैनिक ४० रुपैयाँको खाना खुनाउँनु पर्ने वाध्यता भएको बताए । उनले भने ‘अहिलेलाई यसरी नै काम चलाउनेमाथिको आदेश छ, यो भन्दा अरु गर्न सकिँदैन ।’

सुरुङ्गाको धार्मिक स्थल कोटी होम परिसरमा एक सय २० जना म्यादी प्रहरीले तालिम गरिरहेका छन् । त्यसको अवस्थामा हेर्दा उनीहरुको खानासँगै बस्ने व्यवस्थाको पनि बेजोक छ ।

पक्की घर छ, तर सुन्ने, ओड्ने कुनै राम्रो कपडा छैन । उनीहरुलाई सामान्य तन्नाको मात्रै व्यवस्था गरिएको छ । राम्रो व्यवस्था नभएकाले हिजो ५० जना म्यादी प्रहरी गम्भीर विरामी भएका छन् । प्रतिव्यक्ति दैनिक ४० रुपैयाँ खर्चे पनि बाँकी एक सय कता जान्छ भन्ने कुनै जानकारी छैन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses