बसमा आगलागी हुँदा ४० को मृत्यु, चालक र खलासी भाग्न भ्याए
भारत, १३ कात्तिक । भारतको आन्ध्र प्रदेशको महबुबनगरमा पर्ने कोथाकोटा क्षेत्रमा आज बिहान एक बसमा आगो लाग्दा करिब ४० जनाको ज्यान गएको छ । बिहान ५ बजेतिर भएको आगलागीमा बसका चालक र सहयोगी भने भागेर ज्यान जोगाउन सफल भएको बीबीसीले जनाएको छ ।
ट्राभल कम्पनीसँग बसमा यात्रारत यात्रुको सूची मागेको जनाउँदै त्यहाँको प्रहरीले बसमा कति सवार थिए भन्ने अझै स्पष्ट नभएको बताएको छ । घटनामा जीवित रहेका मानिसहरुको उद्धार कार्य जारी रहेको छ । मर्नेहरुको शरिर निकै खराबसँग जलेको छ । शव तथा घाइतेहरुलाई हैदराबादस्थित सरकारी अस्पताल पठाइएको छ ।
सो प्राइभेट ट्राभल कम्पनीका बस बंगलौरबाट हैदराबादतर्फ गइरहेको बेला एक्कासी आगो लागेको हो । बसमा आगो लागेको समयमा यात्रुहरु निदाइरहेकाले भाग्न नभ्याएको प्रहरीले बताउको छ । सडक छेउको कल्भर्टमा इन्धन ट्याङ्की ठोक्किएपछि बसमा आगलागी भएको खुलेको छ ।
0 comments
Write Down Your Responses