उम्मेदवार बन्न नपाउँदा रातभरी रोईन् रेखा
१३ कात्तिक, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गराउन भुलेको कारण टिकट पाएर पनि चुनाव लड्न नपाउँदा नायिका रेखा थापाले निकै ग्लानी महसुस गरेकी छन् । “थुईक्क मेरो बुद्धि”, रेखा भावुव हुँदै भनिन्,“म साह«ै फिल्मी भएँछु । मुख्य कुरामै ध्यान पु¥याइन । यो मेरो महाभुल, लापरबाही र कच्चा दिमाग हो ।
केही महिनाअघि औपचारिक रुपमै एमाओवादी प्रवेश गरेकी रेखा सधैं चर्चामा आईरहन्छिन् । कहिले प्रचण्डसँग नाचेर, कहिले चलचित्र विकास कोषको अध्यक्ष बन्ने दौडधुपमा लागेर त कहिले पुर्वपति छवि ओझासँगको विवादका कारण पनि उनी मसला बनिरहन्छिन् । पछिल्लो समय भने उनी टिकट पाएर पनि चुनाव लड्न नपाएकोमा चर्चामा आईन् ।
मैले पर्सा १ बाट टिकट पाएकी हुँ, म उठ्ने खबरले त्यहाँका सबै मानिस निकै खुसी हुनुहुन्थ्यो । तर अफसोस प्राविधिक कारणले हातमा टिकट भएर पनि म उठन पाईन,” उनले भनिन् ।
उनी प्राविधिक कारणले टिकट अरुको हातमा गएपछि रातभर रोएको पनि बताईन् । “मैले त्यो रात रोएरै विताएँ,” उनले भनिन् ,“एकपल पनि निदाउनै सकिन । आफैलाई धिक्कारेँ । कसैसँग बोल्न, कुरा गर्न पनि मन लागेन । मलाई किन नसम्झाएको भनेर मैले वरपरका सबैलाई गाली गरेँ । तर के गर्नु ? समय घर्किसकेको थियो ।” रोएर रात कटाएकी रेखाले विहानपख आफुलाई सम्हालेको बताएको नयाँपत्रिका दैनिकले खबर छापेको छ ।
0 comments
Write Down Your Responses