पाल्पामा पनि जमिन भासियो, ८ घर जोखिममा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

पाल्पा, पुस ५ – पाल्पाको बन्दीपोखरा गाविसको भयरथान गाउ“मा जमिन भासिएपछि ८ घर जोखिममा परेको छ ।
यस्तै खेतका गरा चिरा पर्न थालेका छन् । दुई मिटरसम्म जमिन भासिएको छ । स्थानीय सीताराम घिमिरे र राधेश्याम घिमिरेको सबै खेत र बारी भासिएको छ ।
स्थानीय वीरबहादुर भाट, यादव घिमिरे, केशव भाट, माधव घिमिरे, हरिबहादुर भाट, यमबहादुर, गोपाल, टोपबहादुर र हर्कबहादुर ठडराइको घर जोखिमममा परेका छन् । खेत र बारीको ५० बढी स्थानमा जमिन भासिएको छ । जामिन भासिएपछि स्थानियले जिल्ला भूःसंरक्षण कार्यालयका प्राविधिकलाई समेत लगेर अध्ययन गराएका छन् । जिल्ला भूःसंरक्षणका प्राविधिक दिनेश भट्टराईले भूःगर्भविद आएर अध्ययन नगर्दासम्म यही नै भएको भन्न सक्ने अवस्था नभएको जानकारी दिनुभयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses