सुडानको जातीय हिंसामा ३ भारतीय सैनिकको मृत्यु
५ पुस, काठमाडौं । दक्षिण सुडानको शान्ति मिसनमा खटिएको भारतीय सैनिक टुकडीमाथि भएको गोली प्रहारमा तीन भारतीय सेनाको मृत्यु भएको छ । विहीबार भएको उक्त हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले चिन्ता जाहेर गर्नुभएको छ ।

भारतीय सत्तचार माध्यमले जनाए अनुसार जातीय समूह नुएर र डिंका समूहवीच हिंसा भड्कन थालेपछि डिंका जातिका सुडानवासीहरु शरण खोज्दै भारतीय शान्ति सैनिक रहेका ठाउँमा आएका थिए । दक्षिणी सुडानको अकोबास्थित संयुक्त राष्ट्र संघ परिषरमा ४७ भारतीय सैनिकहरुको थिए । नुएर समुदायका मानिसहरुले शरण लिन पुगेका डिंका जातिमाथि लक्षित गरी गोली प्रहार गर्दा भारतीय सैनिकको मृत्यु भएको जनाइएको छ ।
कान्छो देश मानिने दक्षिणी सुडानमा पछिल्लो समय जातीय हिंसा भड्किने संकेत देखिएको अन्तर राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुडानको शान्ति मिसनमा नेपालका सुरक्षाकर्मीहरु पनि खटिँदै आएका छन् ।
0 comments
Write Down Your Responses