प्रेममा छु, बिहे गर्दिनँ :: कोमल वली, गायिका
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
केही दिनअघि पोखरामा हुनुहुन्थ्यो, अहिले धनगढी पुग्नुभएछ, देश दौडाहा हुनुहुन्छ नि?
-हो म देशदौडाहामा छु।
राजनीतिक कि सांगीतिक देश दौडाहा?
-यो बिल्कूलै सांगीतिक देश दौडाहा हो। अस्ति पोखरामा महोत्सव थियो। अहिले यहाँ धनगढीमा भइरहेको महोत्सवमा गीत गाउनका लागि यहाँ आएको छु। तीन दिन यही महोत्सवमा बिताउँछु होला।
कलाकारको लागि महोत्सवहरू नै जिउने आधार बनेको हो?
-एक्ज्याक्टली हो। कलाकारहरूको आम्दानीको प्रमुख स्रोत नै महोत्सव बनेको छ। यस्तो कार्यक्रमहरू आर्थिक दृष्टिकोणले मात्र नभई अरु पनि फाइदा छन्। देश घुम्न पाइन्छ। जनताको अनुहारमा खुशी ल्याउन पाइन्छ। अर्कोतर्फ पूर्वको कलाकार पश्चिममा आएर गाउँदा देशलाई एउटा मालामा गाँसेर एकता मजबूत बनाउने काम पनि हुने गर्छ।
राजनीतिक देश दौडाहा गर्ने पनि चर्चा थियो नि?
-राजनीतिक देश दौडाहामा खासै इच्छा छैन। सांगीतिक देश दौडाहा नै धेरै आत्मसन्तुष्टि छ। यस्तो मौका धेरै भाग्यमानीले मात्र पाउँछन् जस्तो लाग्छ। तर यसले मलाई राजनीतिमै लाग्न पनि माध्यम बनाएको छ। कोमल वली को हो भनेर चिनाइरहनु पर्ने अवस्था छैन।
चुनावअघि पार्टीका छिर्ने पनि चर्चा थियो नि?
-हो मैले तयारी पनि गरेको थिएँ। तर अग्रज र अभिभावकको सल्लाहपछि कुनै पार्टीका पनि नगएको हुँ।
कुन पार्टीसँग कुरा भएको थियो?
-धेरै पार्टीसँग कुरा भएको थियो। राप्रपा नेपाल, राप्रपा, सद्भावना, तमलोपालगायतका दलहरूले अफर गरेका थिए?
किन जानुभएन त?
-मैले आफ्ना अग्रज र अभिभावकहरूसँग सल्लाह गर्दा कुनै पार्टीमा लाग्दा राम्रो हुन्न। देशको नभई पार्टीको मात्र कलाकार भइन्छ भन्नुभयो। त्यसकारण मलाई पनि कुनै पार्टीका लाग्नु ठिक लागेन।
माओवादीले तपार्इंको जग्गा फिर्ता गरे?
-अँ, अहिले त फिर्ता भइसक्यो। धेरै जनाले सहयोग गर्नुभयो र माओवादीले फिर्ता गरे। राष्ट्रसंघका अध्यक्ष वान कि मुन आउँदा पनि निवेदन दिए। एमाले नेताहरू झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतमलाई पनि भेटेर आग्रह गरे। माधव नेपालले प्रचण्डजीसँगै कुरा गराउँछु भन्नुभयो। नभन्दै एकदिन प्रचण्ड भेट्न आएको बेला मलाई बोलाएर कुरा राखिदिनुभयो। प्रचण्डले पनि आफूलाई थाहा नभएको बताउँदै सात दिनभित्र फिर्ता गराइदिन्छु भन्नुभयो। सात दिन त होइन महिनौंपछि जग्गा फिर्ता भयो, अहिले हामीले नै प्रयोग गर्दै आएका छौँ।
आजभोलि अरु के काममा व्यस्त हुनुहुन्छ?
-महोत्सवमै व्यस्त हुन्छु। धनगढीपछि सुर्खेतमा छ। त्यस्तै लेखनाथ, पोखरा सडक महोत्सव, बुटवल हेटौंडा र डोटीमा हुने महोत्सवमा गीत गाउने कार्यक्रम छ।
महोत्सवलाई कोमल वलीले तताउँछिन् भनेर पो हो कि सबैतिरबाट डिमाण्ड भएको?
-म प्रायः महोत्वसमा रमाइला गीत गाउँछु। हामी नेपालीहरू दुःखी छौं। त्यसकारण म दुःखका गीत भन्दा पनि रमाइलो गीत गाएर खुशी ल्याउन चाहन्छु। पोइल जान पाम जस्ता गीतहरू गाउँदा युवाहरू पनि जोशिन्छन्।
जवानी र प्रेमसम्बन्धी धेरै गीत गाउनुभएको छ, आफ्नै जवानी त बित्न लाग्यो, होइन र?
-बितेको छैन। घरजम गर्ने इच्छा पनि छैन।
किन र?
-मेरो लक्ष्य भनेको सुन्दर जिन्दगी बिताउने हो। बिहेपछि फेरि श्रीमान र बच्चालाई खुशी बनाउन ध्यान दिनुपर्छ। त्यसरकाण स्वतन्त्र भएर सकेसम्म राम्रो काम गर्ने मेरो सोच हो।
प्रेममा पुर्नभएन?
-किन नपुर्न। प्रेम बिना कसरी बाँच्नु।
प्रेम गरेपछि विवाह गर्दैपर्छ भन्ने हुन्न भन्नुभएको हो?
-हो, अहिले पनि म प्रेममा छु, तर बिहे गर्ने पक्षमा छैन।
साथीहरूले बच्चा लिएर हिंडेको देख्दा कस्तो हुन्छ?
-मलाई बच्चा एकदमै मन पर्छ, तर म आफ्नो नभई सबैको बच्चालाई माया गर्छु।
साभार : nepal24hrs
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses