National News
»
प्रहरीको गोली लागेर ज्यान गुमाएकालाई परिवारलाई १० लाख राहत
प्रहरीको गोली लागेर ज्यान गुमाएकालाई परिवारलाई १० लाख राहत
प्रतिक्षा काफ्ले
२८ मंसिर, स्याङ्जा । स्याङ्जाको चापाकोटमा झन्डै डेढ महिना अघि प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका दुई युवाका परिवारलाई १०-१० लाख रुपैयाँ राहत स्वरुप हस्तान्तरण गरिएको छ ।
प्रहरीको गोली लागि ज्यान गुमाएका चापाकोट-६ का १८ बर्षीय सूर्य आले र चापाकोट-४ का २१ बर्षीय कृष्ण भट्टराईका परिवारलाई जिल्ला प्रशासन कार्यालयमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी राहत स्वरुप १०-१० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । पीडित परिवालाई क्षेत्रीय प्रशासक प्रमुख लोकदर्शन रेग्मीले नेपाल बैँक लिमिटेडको चेक हस्तान्तरण गर्नु भएको हो ।
स्थानिय एक महिलाको मृत्युको विषयलाई लिएर उत्पन्न तनावपछि कात्तिक १२ गते प्रहरीले गोली चलाउँदा दुई सर्वसाधारण युवाको मृत्यु भएको थियो । गत असोज २७ गते चापाकोटकी ३५ बर्षीया माया बिक मृत फेला परेकी थिइन । विकले आत्महत्या नभई परिवारजनले हत्या गरी झुण्डाएको भन्दै स्थानियले गत कात्तिक १२ गते चापाकोट प्रहरी चौकी घेराउ गर्नुका साथै ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो ।
0 comments
Write Down Your Responses