प्रिन्सिपलबाट विद्यालयमै छात्रालाई बलात्कारको प्रयास (भिजुअलसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाण्डौं । विद्यालयका सहायक प्रिन्सिपलले विद्यालयमै छात्रामाथि यौन दुर्व्यवहार गर्दै बलात्कारको प्रयास गरेका छन् । बसुन्धारास्थित फ्लोरोसेन्ट एकेडेमीका सहायक प्रिन्सिपल रमेश पनेरुले १० कक्षामा अध्ययनरत छात्रालाई विद्यालयमै बलात्कार प्रयास गरेका हुन् । पनेरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सहायक प्रिन्सिपल पनेरुविरुद्ध गरिएको नाराबाजीसहितको भिजुअल :

प्रहरीका अनुसार मिडटर्म रिजल्टबारे कुरा गर्न भन्दै १० कक्षामा अध्ययनरत १६ बर्षकी ती छात्रालाई पनेरुले प्रिन्सिपलको कोठामा बोलाएका थिए । प्रिन्सिपल मेघराज गौतम भने बिदामा थिए । 

करिब आधा घन्टासम्म कोठामा राखेर उनले दुर्व्यवहार गरेको र गालामा किस खाँदै बलात्कारको प्रयास समेत गरेको पीडित छात्राका अभिभावकले प्रहरीलाई बताएका छन् । पक्राउ परेका पनेरुले भने घटनाका बारेमा केही बताएका छैनन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

, ,

0 comments

Write Down Your Responses