देशलाई जिताउन - ५ डिग्रीमा डान्स...(फोटोसहित) | पत्याउनै गाह्रो
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
चीनको राष्ट्रिय पोल नृत्य टोलीका सदस्यहरू बुधबार टियाजिन प्रान्तमा पोल डान्स गरिरहेका छन् । उक्त क्षेत्रमा हिऊँ परेको छ र त्यहाँको तापक्रम माइनस ५ डिग्री सेल्सियस भन्दा पनि कम छ । यति जाडोमा पनि राष्ट्रिय पोल नृत्यका सदस्यहरू उक्त क्षेत्रमा नृत्य गरिरहेका छन् । हिऊँ परिरहेको स्थानमा नृत्य गरिरहेका छन्, नृत्य टोलीका सदस्यहरू । यस्तो दृश्य देखेर धेरै मानिस चकित समेत भएका छन् । यस्तो जाडोमा त्यसको कुनै वास्ता नै नगरी नृत्य गरिरहेको देख्ने जोकोही पनि अचम्मित छन् उनीहरूको उक्त कार्यप्रति ।
चीनले सन् २०१२ मा पहिलो पटक आफ्नो राष्ट्रिय पोल नृत्य टोली बनाएको थियो । उक्त टोली अन्तराष्ट्रीय स्तरमा हुने प्रतियोगिताका लागी तयारीमा जुटेको छ । यही तयारीका लागी उनीहरूले उक्त जाडोमा पनि जाडोको वेवास्ता गरेर लागिपरेका छन् । आफ्नो देशलाई जिताउनका लागि उनीहरू जस्तोसुकै कठिन परिश्रम गर्न पनि पछी पर्दैनन् ।
source : nepaliheadlines
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses