भारतमा ट्रेनले कुल्चिँदा १० को मृत्यु एक दर्जन घाइते

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नयाँ दिल्ली, कार्तिक १७, भारतको आन्ध्रप्रदेशमा एउटा ट्रेनले कुल्चिँदा १० जनाको ज्यान गएको कुरा अधिकारीहरूले जनाएका छन । आन्ध्रप्रदेशको विजयनगर नजिकै भएको उक्त दुर्घटनामा परि अन्य एक दर्जन मानिसहरू घाइते भएको कुरा बीबीसी अनलाइनले जनाएको छ ।



शनिबार साँझ धनवाद एक्सप्रेस रेलमा आगो लागेको हल्ला फैलिएपछि मानिसहरू भागाभाग गरेका थिए । यसै क्रममा उक्त दुर्घटना भएको बताइएको छ । यसरी यात्रुहरु ओर्लेर रेलको लीक तर्फ भाग्दा अर्का तर्फबाट आइरहेको एउटा ट्रेनले उनीहरूलाइ कुल्चिएको बताइएको छ ।

भारतमा हरेक वर्ष हुने यस्ता खालका अनेक रेल दुर्घटनामा धेरै मानिसहरूको मृत्यु हुने गरेको छ । गएको वर्ष प्रकाशित एक रिपोर्टमा जनाइए अनुसार भारतमा हरेक वर्ष करिब १५००० भन्दा धेरै मानिसहरूको रेल सम्बन्धि दुर्घटनामा परि मृत्यु हुने गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses