प्राधिकारणले लोडसेडिङ घटायो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, १७ कात्तिक । हिन्दु नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारलाई मध्यनजर गर्दे नेपाल विद्युत प्राधिकरणले लोडसेडिङलाई घटाएको छ ।



लोडसेडिङ कम गर्न कुलेखानी आयोजना र डिजेल प्लान्टबाट थप एकसय मेगावाट विद्युत उत्पादन गर्ने प्राधिकरणले जनाएको छ । आइतबार बेलुकी साढे ५ देखि साढे ७ को अवधिमा लोडसेडिङ हुन सक्ने, तर अरुबेला भने सकेसम्म लोडसेडिङ नगर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।

गएको वर्ष दीपावलीको दिन एकहजार ५४ मेगावाट विद्युतको माग भएको थियो । साविकका दिनमा दैनिक एकहजार ६० मेगावाटदेखि एकहजार ८० मेगावाटसम्म विद्युतको माग रहेको प्राधिकरणको भनाई छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses