National News
»
काठमाडौंको भोटेबहालमा बम विस्फोट, तीनजना बालबालिका घाइते,बमले एक बालकको एउटा हात नै चुडायो
काठमाडौंको भोटेबहालमा बम विस्फोट, तीनजना बालबालिका घाइते,बमले एक बालकको एउटा हात नै चुडायो
काठमाडौंको भोटेबहालमा बम पड्कियो, स्थानिय मदन खड्गीको ५ वर्षिय छोरा गम्भिर घाइते,
काठमाडौं, ४ मंसिर । काठमाडौंक क्षेत्र नं १ मा पर्ने भोटेबहालमा एक बम विष्फोट भएको छ, विष्फोटबाट तीन जना बालबालिका घाइते भएका छन् ।
सो विष्फोटमा एक बालकले वेवारिसे अवस्थामा रहेको पोका खेलाउँदा विष्फोट भएको हो । स्थानीय मदन खड्कीको पाँच वर्षे छोरा समीर खड्कीको विष्फोटबाट गम्भीर घाइते भएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले जनाए । बालकको हातमा चोट लागेको छ । घाइतेहरुको बालकको वीर अस्पतालमा उपचार सुरु भएको छ ।
नवलपरासीमा पनि बम
नवलपरासीको दर्जन बढि स्थानमा आज बिहान बुथ लक्षित गरि सिलिन्डर बम विष्फोट भएको छ । जिल्लास्थित सुरक्षा निकायका अनुसार जिल्लाको चिसापानी, तिलकपुर ,रामनगर, सुनवल, दाउन्नेदेवी, शिवमन्दिर, देवगाव लगायतका गाबिसका मतकेन्द्र लक्षित गरि सिलिन्डर बम विष्फोट भएको हो ।
त्यसैगरी विष्फोट गराउने तयारी गरेको आंशकामा कावासोती प्रहरीले २ जनालाईलाई पक्राउ गरि अनुसन्धान थालेको छ । त्यस्तै अर्काको नाममा भोट हाल्न जाने क्रममा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोल्पामा पनि बम
रोल्पामा सोमबार साँझ ६ वटा शक्तिशाली बम विस्फोट भएको छ । बेलुकी करिब साढे ७ बजे रोल्पाको दुईवटै निर्वाचन क्षेत्रलाई लक्षित गरी उक्त बम विस्फोट गराइएको हो । क्षेत्र नं १ लाई लक्षित गरी पूर्वी रोल्पाको बडाचौर साइडमा र क्षेत्र नं २ लाई लक्षित गरी गैरीगाउँ गाविस–७ मा पाँचवटा शक्तिशाली बम विस्फोट गराइएको हो ।
रातको समय भएकाले तत्काल त्यसतर्फ जान कठिन भएको प्रहरीले जनाएको छ । सुरक्षा निकायहरु मतपत्रको सुरक्षामा खटिएकाले पनि त्यसतर्फ जान नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोट कसले गरेको भन्ने खुल्न नआए पनि चुनाव बहिष्कारमा रहेका दलहरुले विस्फोट गराएको हुन सक्ने अनुमन गरिएको छ ।
नवलपरासीको दर्जन बढि स्थानमा आज बिहान बुथ लक्षित गरि सिलिन्डर बम ljष्फोट भएको छ । जिल्लास्थित सुरक्षा निकायका अनुसार जिल्लाको चिसापानी, तिलकपुर ,रामनगर, सुनवल, दाउन्नेदेशि मन्दिर, देगाव लगायतका गाबिसका मतकेन्द्र लक्षित गरि सिलिन्डर बम ljष्फोट भएको हो ।
त्यसैगरी ljष्फोट गराउने तयारी गरेको आ+शकामा कावासोती प्रहरीले २ जनालाईलाई पक्राउ गरि अनुसन्धान थालेको छ । त्यस्तै अर्काको नाममा भोट हाल्न जाने क्रममा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि सबै ljjरण आउन भने बाFकी छ ।
0 comments
Write Down Your Responses