बाबुरामका कार्यकर्ताले बुथ कब्जा गरे

भिडियो हेर्न तल क्लिक गर्नुहोस

गोरखा,४ मंसिर । एमाओवादीका कार्यकर्ताले गोरखा जिल्लाको क्षेत्र नं १ को घैरुङ गाविस स्थित बास्कोट र घ्याल्चोक गाविसको मतदान केन्द्रमा मतदाताको परिचयपत्र खोसेका छन् ।

एमाओवादी कार्यकर्ताले डा बाबुराम भट्टराई उम्मेदवार रहेको सो क्षेत्रका ती मतदान केन्द्रमा मतदाताको परिचयपत्र खोसेर बुथ कब्जा गरेका छन् ।



भट्टराईका समर्थकहरुले एकपक्षीय रुपमा मतदान गरिरहेको नेपाली कांग्रेसका सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार किरणबाबु श्रेष्ठले बताए । माओवादी कार्यकर्ताले एक पक्षीय रुपमा अन्य मतदाताका परिचय पत्र खोसेपछि झडपमा दुई जना घाइते भएका छन् । प्रहरी पनि एक पक्षीय रुपमा माओवादीलाई समर्थन गरिरहेको कांग्रेसको आरोप छ ।

पास उपलब्ध सञ्चारकर्मीहरुलाई पनि मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छैन् । मतदानमा खटिएका कर्मचारीहरुको पनि मोबाइलसेट माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses