बन्दमा ठाउँठाउँमा बम विष्फोट, एमाओवादी तारोमा
काठमाडौं, २५ कात्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आमहड्तालमा विभिन्न ठाउँमा विभिन्न घटना भएका छन् ।
यसै क्रममा काठमाडौंको पुरानो बसपार्क र विद्युत प्राधिकरण कार्यालयबीचको स्थानमा बम फेला परेको छ । सो बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले बिहानै डिस्पोज गरेको छ ।
काठमाडौंमा बिहानै कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट अगाडि पत्रिका बोकेको बा ४ च ४८७२ नम्बरको गाडी बिहन ३ बजे तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै बन्दकर्ताले भक्तपुरको ठिमीमा पनि बा ३ ख ३७९९ नम्बरको बसमा तोडफोड र आगजनी गरेका छन् । रोकीराखेको बसमा गएराति बन्दकर्ताले आगजनी गरेको हो ।
चितवनका विभिन्न स्थानमा बम विष्फोट भएको छ । आज बिहानै चितवनको भण्डारा र रत्ननगरमा सकेट बम र सिरलिन्डर बम विष्फोट भएको चितवन प्रहरीले जनाएको छ । त्यस्तै शिवनगर ९ र भरतपुर १३ मा शंकास्पद वस्तु भेटिएको छ ।
त्यस्तै दोलखामा पार्किङ गरिराखेको बा ३ ख १८०६, बा २ ख ३५३४ नम्बरको बसमा आगजनी गरिएको छ । जलेश्वरमा पनि शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले जाँच गरिरहेको छ ।
उदयपुरको गाईघाटका बिहान ४ बजे नै बम विषफेट भएको छ । बसपार्क, पुरानो गाईघाट लगायतका क्षेत्रमा ४ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै नेकपा-माओवादीका कार्यकर्ताले काभ्रेमा सडक अवरुद्ध बनाउन विभिन्न पाँच ठाँउमा बम राखेको छ । जिल्लाको तामाघाट, खावा, श्रीखण्डपुर, चण्डेश्वरी र डाँडागाउँमा बम राखिएको फेला परेका प्रहरीले जनाएको छ । बम भेटिएको ठाउँमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोलिले निस्कृय गरिरहेको छ ।
एमाओवादी तारोमा
आमहड्तालका क्रममा नेकपा–माओवादीका कार्यकर्ताहरुले एमाओवादीका उम्मेदवारमाथि आक्रमण गर्ने तथा कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । यसै क्रममा धनकुटामा बन्दै गरेको एमाओवादी पार्टी कार्यालयमा बिहान ७ बजे सुतली बम विष्फोट गराएको छ । विष्फोटको आवाज ठूलो आएपनि ज्यानको क्षति भने हुन पाएन ।
त्यस्तै गएराति डोटीमा एमाओवादीका उम्ेदवार मोहन बमममाथि सांघातिक आक्रमण भएको छ । आक्रमणमा उम्मेदवार बमसहित १३ कार्यकर्ता घाइते भएका छन् ।
0 comments
Write Down Your Responses