६ सय नेपालीले साउदीमा काम छाडे
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२५ कात्तिक । साउदी अरबको राजधानी रियादस्थित नाबिक कम्पनीमा कार्यरत झन्डै ६ सय नेपाली कामदारले गैरकानुनी अवस्थामा रोखेको भन्दै आइतबारबाट काम छाडेका छन् ।
साउदी सरकारले गैरकानुनी कामदारलाई धरपक्कड अभियान तीब्र बनाएका बेला उनीहरुले काम छाडेका हुन् । त्यस कम्पनीमा कार्यरत आधाभन्दा बढी नेपाली कामदारालई भिसा नलगाइ काम गराएको भन्दै उनीहरुले काम छाडेको कान्तिपुर दैनिकमा खबर छ । ‘हामीलाई कम्पनीले आएदेखि नै भिसा लगाइदिएन,’ दोलखाका नवराज कार्कीले भने, ‘सँधै आश्वासन दिँदै आयो तर भिसा लगाउन पहल नै गरिएन ।’
भिसा नभएर उनीहरु कम्पनीबाट बाहिरसमेत निस्कन पाएका छैनन् । ‘हामी कम्पनीभित्रै कैदी जस्ता भएका छौं,’ उनले भने, ‘बाहिर निस्के पक्रिहाल्ने स्थिति छ, भित्रै बसिरहेका छौं ।’ परिचय पत्र नभएका कारण पीडितहरु दूतावास पनि जान सकेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses