फेरी भिलेनलाई कुट्दै ‘दमदार’ रेखा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नायिका रेखा थापालाई दर्शकले लभस्टोरी भन्दा पनि द्वन्द्वप्रधान चलचित्रमा नै मन पराइरहेका छन् । चलचित्र ‘काली’ले रेखालाई याक्सन सिनेमा नै अब्बल ठहराएको छ । यही कुरामा लोभिएर होला चलचित्र निर्देशक कमलकृष्ण रेखालाई द्वन्द्वका दृश्यमा नै अघि सार्न तम्सिएका छन् ।



कमलकृष्णको निर्देशनमा तयार भइरहेको चलचित्र ‘दमदार’मा रेखा थापाको खतरनाक याक्सनका दृश्य हेर्न सकिन्छ । तर रेखा यो सिनेमामा केही दृश्यमा मात्र देखिनेछिन् । चलचित्रका असली हिरो सविन श्रेष्ठ र बासु पुडासैनी हुन् ।

झापा, सिलगुडी, काठमाण्डौ लगायतका क्षेत्रमा छायांकन हुने भनिएको यो चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, सौरभ लामाको छायांकन, कमलकृष्णकै पटकथा तथा संगीत, नवराज शर्माको संवाद रहेको छ । चलचित्रलाई चन्द्र गौतमले निर्माण गरिरहेका छन् । रेखाले चलचित्रको बारेमा भनिन्, ‘कानुनले बर्खास्त गरेर बर्दी बिहिन भएकी एक राष्ट्रसेवकको भूमिकामा देखिदैछु ।’


तल बक्समा क्लिक गरि भिडियो पनि हेरिहाल्नुहोस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses