चुनावी सभामा नजाने सुशील कोइरालालाई फोनबाट धम्की

कोइराला भन्छन्-'म मरे पनि निर्वाचन रोक्नु हुँदैन'?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई चुनावी सभामा नजाने धम्कीपूर्ण फोन आएको खुलेको छ । कैलालीमा एमाओवादी अध्यक्ष प्रचण्डमाथि भएको आक्रमणको निन्दा गर्दै कोइरालाले आफूलाई पनि बर्दियाको आमसभामा जानुअघि धम्किपूर्ण फोन आएको बताउनु भयो ।



रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले आफ्नो निधन भएपनि निर्वाचन रोक्न नहुने बताउनुभयो । ‘जनता निर्वाचनमा होमिएका छन् । अब निर्वाचन रोक्न सम्भव छैन । निर्वाचन हुनैपर्छ’ उहाँले भन्नुभयो-’म मरे पनि निर्वाचन रोकिनु हुँदैन । कोही ब्यक्तिको मृत्यू हुँदैमा अब निर्वाचन रोकिदैन । बैद्यजीहरुले पार्टी परिचालित घटनाहरु रोक्नुपर्छ ।’ कोइरालाले कांग्रेसको पक्षमा २०१५ सालको पहिलो निर्वाचन जस्तै लहर देखिएको भन्दै दुई तिहाई बहुमत आउने दावी गर्नुभयो । कोइरालाले भन्नुभयो-’२०१५ सालमा शान्तिपूर्ण निर्वाचन हुँदा काग्रेसको पक्षमा दुई तिहाई बहुमत आएको थियो । अहिले पनि कांग्रेसको पक्षमा त्यस्तै लहर छ । शान्तिपूर्ण निर्वाचन भए कांग्रेसको पक्षमा दुई तिहाई बहुमत आउँछ ।’

उहाँले नेकपा-माओवादीलाई आफूले गरेको प्रतिबद्धता अनुसार बहिस्कारलाई शान्तिपूर्ण बनाउन आग्रह गर्नुभयो । यद्यपि कांग्रेस सभापति कोइरालाले नेकपा-माओवादीलाई संविधान निर्माणको प्रक्रियामा छलफल मार्फत भने सहभागिता गराउन सक्ने भन्दै कांग्रेसले त्यसको लागि पहल गर्ने बताउनुभयो ।onlinekhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses