बम छलेर पनि बुहारी विनाका लागी यसो भन्दै भोट मागे प्रचण्डले ,हेर्नुहोस् (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२७ कात्तिक, कञ्चनपुर । एमाओवादी अध्यक्ष प्रचण्डले कञ्चनपुर १ मा आफ्नो पार्टीले चुनाव जितिसकेको भन्दै मतदाता र उम्मेदवारलाई बधाइ दिनुभएको छ । कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनुहुन्छ, जो प्रचण्डकी अघोषित बुहारी हुनुहुन्छ ।



‘१ नम्बरको यो निर्वाचन क्षेत्रमा तपाईहरुको उपस्थिति, तपाईहरुको उत्साह, उपस्थिति हेर्दा मैले के देखेँ भने तपाईहरुले चुनाव जितिसक्नु भएछ’ कञ्चनपुरको बेलौरीमा बुधबार आयोजित सभामा प्रचण्डले भन्नुभयो- ‘म पार्टी केन्द्रको तर्फबाट अगि्रम बधाइ दिन चाहन्छु । अग्रिम बधाइ । तपाईहरुले निर्वाचन जितिसक्नुभयो भन्ने नै मैले देखेँ ।’

चुनावपछि एमाओवादीको सरकार बन्ने भन्दै प्रचण्डले नदी कटान रोक्ने, पुल मर्मत र निर्माण गर्ने, बाटो पीच गर्ने लगायतका आश्वासन दिनुभयो । ‘निर्वाचनपछि अनिवार्य र आवश्यककै रुपमा हाम्रो सरकार बन्नेछ । त्यसपछि म यो बाटो पीच गराई छाड्छु’ उहाँले भन्नुभयो ।

मेची महाकाली जागरण अभियानका क्रममा कैलाली ६ र कञ्चनपुर १ छुटेकाले आफू आएको उहाँको भनाइ छ । एमाओवादी अध्यक्ष प्रचण्डले अब एमाओवादीको बहुमतलाई कुनै पार्टीले रोक्न नसक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो-’योपटक माओवादीको पक्षमा देशैभरि ठूलो जनलहर पैदा भएको छ । अब कुनै पनि तागतले हाम्रो पार्टीलाई प्रत्यक्षतर्फ बहुमत ल्याउन रोक्न सक्दैन ।’ प्रचण्डले मेचीकाली सकिएपछि पनि कञ्चनपुर १ र कैलाली ६ लाई महत्व दिनुभएको हो । यसअघि उहाँले काठमाडौं १ मा रेणु दाहालको चुनाव क्षेत्रमा सम्बोधन गर्दै काठमाडौं १ मा पनि चुनाव जितिसकेको बताउनुभएको थियो । तराईको अभियान सकेपछि अब प्रचण्डले उपत्यकाका १५ वटै चुनाव क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले विहीबार पोखरामा पनि सम्बोधन गर्नुहुने एमाओवादीले बताएको छ ।

भिडियो onlinekhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses