किशोरीले फेसबुकको प्रेम पाउन छाडिन् आफ्नै देश |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

एजेन्सी । सामाजिक सञ्जालमा कुराकानी हुँदाहुँदै प्रेम बसेको र विवाह भएको समाचारहरू त हामीले धेरै सुन्दै आएका छौ । तर, फेसबुकमा प्रेम भएपछी आफ्नो देश नै छाडेर अर्काको देशमा प्रेमीसँग विवाह गर्न आएको समाचार भने हामीले सायदै थाहा पाएका छौ ।



यस्तै घटना भएको भारतको भोपालमा । फेसबुकमा कुराकानी गर्दा गर्दै इन्डोनेसियाकी एक युवती भारतको भोपालका एक युवकसँग प्रेममा परिन् । इण्डोनेसियाकी ती युवती आफ्ना प्रेमीलाई भेट्न तथा विवाह गर्नका लागि इन्डोनेसियाबाट आफ्ना पितासँग भारत आइन् र भारतीय रीतिरिजावअनुसार विवाह गरिन् ।

फेसबुकमा प्रेम झांगिएपछी युवती इन्डोनेसियाबाट भारत आइन् । प्रेमीका परिवारले पनि ती युवतीलाई बुहारी स्विकार गरेपछी उनीहरूको धुमधामसँग भारतीय रीतिरिवाज अनुसार विवाह गरेका थिए ।

युवती र मुजफ्फर खानबीच करिब ४ वर्ष अघि फेसबुकमा भेट भएको थियो । उनीहरूबीच कुराकानी अगाडि बढ्दै जाँदा प्रेम झांगिदै गयो र खानले युवतीलाई इण्डोनेसिया गएर प्रेम प्रस्ताव राखेका थिए । यसपछी युवती विवाहका लागी इन्डोनेसिया छाडेर भारत आइन् र प्रेमीसँग जीवनभर जिउने गरी विवाह बन्धनमा बाधिइन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses