रेखा र नम्रताको दोस्ती, देखावटी कि वास्तविक ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नायिका रेखा थापा र नम्रता श्रेष्ठ बिचको सम्बन्धको बिषयमा सिने नगरीमा अधिकांश चलचित्रकर्मीहरु विभिन्न खालको टिप्पणी त गर्छन् नै । चलचित्र ‘सानो संसार’बाट नम्रंताले चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनको चर्चा खुबै भयो । रेखाले नम्रताबाट आफूलाई असुरक्षित महुशश पनि गरिन् ।



तर चलचित्र ‘मेरो एउटा साथी छ’ प्रदर्शनको केही दिनमै नम्रताको सेक्स टेप सार्वजनिक भयो । जसले उनको करिअरलाई केही समयको लागि पछाडी धकेलिदियो । नम्रताको सेक्स टेप सार्वजनिक हुँदा नायिका रेखा थापाले विभिन्न प्रश्नहरु तेर्श्राएकी पनि थिइन् । नम्रताबाट आफूलाई असुरक्षित महशुश गरेकी रेखाले उनको बारेमा सकारात्मक कुरा गरेकी थिइनन् ।

तर यो बर्षको तिहारले नम्रता र रेखालाई नजिक ल्याएको छ । नायिका करिश्मा मानन्धरको घरमा देउसी भैलो खेल्न पुगेकी रेखाले नम्रतासँग मिलेर झिलिमिली बत्ती बाल्दै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् । उसो त चाडपर्वलाई एकअर्कासँगको मिलनको पर्वको रुपमा पनि हेरिन्छ ।

केही समय अघि फेसबुकमा नायिका नम्रता श्रेष्ठको पक्षमा रेखाको स्टाटस पनि आएको थियो । तर अहिले एकैसाथ दिपावली मनाइरहेको तस्बिर सार्वजनिक गरेर रेखाले नम्रतासँगको सम्बन्धको बिषयमा सकारात्मक सन्देश दिन खोजेको देखिन्छ । तर रेखाको यो कदम देखावटी हो या वास्तविक यो भने उनले नै जान्ने कुरा हो ।

तस्बिर : रेखा थापाको फेसबुकबाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses