गर्मीमा छुट्टीने, जाडोमा जोडिने शिवलिङ्ग...(फोटोसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
भारतको हिमाञ्चल प्रदेशको कागँडा जिल्लामा काठगढ महादेव मन्दिर रहेको छ । उक्त मन्दिर जनताको आस्थाको केन्द्र रहेको छ । यो मन्दिरसँग केही पौराणिक किम्बदन्तीहरूसमेत जोडिएका छन् ।
स्थानीयहरूका अनुसार मन्दिरमा स्थापित शिवलिंग स्वम्भू प्रकट छन् । यो शिव मन्दिरमा ठूलो शिवलिङ्ग रहेको छ, जुन दुई भागमा बाडिएको छ । दुई भागमा बाँडिएको शिवलिङ्गलाई भगवान् शिव र पार्वतीको रूपमा मान्ने गर्छन् । यसमा अनौठो कुरा के छ भने ग्रह र नक्षत्र अनुसार यसको दुई भागको अन्तर बढ्ने तथा घट्ने गर्छ । गर्मीको समयमा यी दुई भाग टाढा हुने र जाडोको मौसमा नजिकिने गर्छन् । यही कारण नै स्थानीयबासीमा यो मन्दिरप्रति निकै ठुलो आस्था रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses