National News,
Video
»
घरमा श्रीमान र २ छोराको मानसिक सन्तुलन गुमेको कारण, आमा मायादेवीको आँखा कहिल्यै ओभाउन सकेन। न सन्तानको मायाँ न त श्रीमानको मायाँ।
घरमा श्रीमान र २ छोराको मानसिक सन्तुलन गुमेको कारण, आमा मायादेवीको आँखा कहिल्यै ओभाउन सकेन। न सन्तानको मायाँ न त श्रीमानको मायाँ।
जुटपानी (चितवन) – मायादेवि भट्टराईका आंखाबाट आंशु नझरेको दिन हुदैन । २९ बर्ष भयो उनका आंखा ओबाना छैनन । दिनहुं रुन्छिन । कराउंछिन । तर कसैले पनि उनको पीडा बुझ्दैनन । जीवन विताउने श्रीमान र बुढेसकालका सहाराका रुपमा जन्मिएका दुई छोरा मानसिक रोगी भएदेखि सहारा कोही छैनन । एउटै घरमा ३ जना मानसिक रोगी भएको भन्दै नरनाता र इष्ट मित्र समेत टाढा हुदैं गएका छन् । अहिले घरमा श्रीमान र दुई छोरालाई हेर्दै रुनुको विकल्प मायादेविसंग छैन ।
४ कठ्ठा जग्गा भएपनि जोत्ने खन्ने मान्छे नहुंदा उनी अर्काको मेलामा ज्याला मजदुरी गर्न जान्छिन् ।
ज्याला मजदुरी गरेर आएको पैसाले विहान बेलुकाको छाक टार्छिन । परिवारका ३ जनै मानसिक रोगी भएपछि ‘पागल’ को घर भन्दै कोही आउन मान्दैनन । पीडा सुन्ने कोही नहुंदा रोहेर पीडा बिर्सिने गरेको बताईन ।
डिसि नेपाल संवादाता अनिल ढकालको रिपोर्ट
3 family members mentally disordered in east Chitwan. If you like to help them out please contact in person
Anil Dhakal at 977-98450-47416.
Make Your Donation Click Here >>>
0 comments
Write Down Your Responses