‘आदेश दे प्रचण्ड, युद्ध गर्न तयार छौ’
मंसिर– दोश्रो संविधानसभाको निर्वाचनको मतगणना आफ्नो पोल्टामा नपर्ने संकेत देखिएपछि अहिले एनेकपा माओवादीका कार्यक्रताले सडकमा विरोध गर्दै उत्रिन थालेका छन् ।
भोट दिन चितवन सम्म पुग्दा प्रचण्डले भनेका थिए हामी जित्छौँ र बाँकी रहेका समस्या समाधान गरेर जनतालाई संबिधान दिन्छौ । उनले बिबिसि नेपाली सेवामा तपाई हार्नु भयो भने के गर्नु हुन्छ भन्ने प्रश्नमा प्रचण्डले स्पष्ट भनेका थिए चुनाव हुनु र देशले निकास पाउनु ठुलो कुरा हो, हामीलाई जनताले जुन स्थान दिनछन् त्यो स्थानमा रहनु मेरो र माओवादीको दायीत्व हो ।
म जनताले हार दिए पनि स्विकार्छु । उनको भनाई थियो । चुनाव शान्तिपुर्ण र सफल रहेको भन्दै बिज्ञप्ति निकालेका प्रचण्डले मत गणना हुदा सम्म पनि केहि बोलेनन् जब काठ्माण्डौको क्षेत्र नम्बर १० का जनताले भोट हाल्ने बेलामा प्रचण्डको व्यवहार सम्झे र झ्याप्प एमाले र बिशेषतः काँग्रेसलाई भोट दिए, प्रचण्डले फेरी जंगलि व्यवहार देखाएका छन् हिजो बोलेका कुरा फेर्ने नेपालका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज देश भरका जनताले दिएको मतलाई गणना गर्न रोक्ने घुमाउरो आदेश दिएका छन् ।
सडकमा कार्यकर्ता उतारेर युद्धगर्ने आदेश देउ प्रचण्ड भन्ने सम्मको नारा लगाउन पछि परेका छैनन् तिनै प्रचण्डका कार्यकर्ता । हेरौ तिनै धाक दिने प्रचण्डका कार्यकर्ताको व्यवहार ।
source : khabarpark
0 comments
Write Down Your Responses