पढ्न गएका बिचरा नेपाली बिद्यार्थी मलेसियामा दासको जीवन बिताउदै - 400 Foreign Students Scammed with video

भिडियो हेर्न तल क्लिक गर्नुहोस

क्वालालम्पुर, मंसिर १२ । पानी जहाजसम्बन्धी कोर्स पढाउने भन्दै नेपालबाट मलेसिया ल्याइएका बिद्यार्थीहरु मलेसियामा ठगिएका झण्डै बन्दी जीवन जिउन बाध्य भएका छन् । प्रतिब्यक्ति झण्डै २० हजार रिंगेट(करिव ६ लाख रुपैयाा) तिरेर क्रुज म्यानेजमेन्टमा डिप्लोमा कोर्स पढन आएका उनीहरुलाई कलेज नलगी काममा लगाइएको र काम गरेको पैसा समेत नदिइ श्रम शोषण गरेको पाइएको छ ।



‘भोलीबाटै क्लास सुरु हुन्छ भन्दै हामीलाई हतार हतार नेपालबाट ल्याइयो’ नेपाली बिद्यार्थी रोजिना रिसालले स्टार अनलाइनसाग भनिन–‘क्वालालम्पुर बिमानस्थलमा हामीलाई बिद्यार्थी भिषा दिइएन, अस्थायी काम गर्ने भिषा दिइयो, हामी २४ घण्टासम्म बिमानस्थलमै बस्नुपर्‍यो ।’ भोलीपल्ट एउटा भ्यानले उनीहरुलाई कलेजको होष्टल पुर्‍याएर एक महिनापछि मात्र क्लास सुरु हुने भन्दै होष्टलमा बस्न थप एक हजार रिंगेट मागेको उनले बताइन् ।

अर्की नेपाली बिद्यार्थी रजिना कार्की भन्छिन–‘हामीलाई यहाा ल्याएर दैनिक १६ देखि १८ घण्टासम्म इन्टरर्नसीप भन्दै काम गर्न बाध्य पारिएको छ, काम गरेको पैसा पनि दिइन्न, हामी काम गर्न हैन पढन आएका हौं भनेर कलेजसाग पैसा फिर्ता माग्दा उल्टै धम्की दिइयो ।’

उनी भन्छिन–‘हामीलाई दासको जस्तो ब्यबहार गरिएको छ, त्यति ठूलो रकम तिरेर हामी पढन आएको हो, न त हामीलाई पढ्न दिइयो न त काम गरेको पैसा नै ।’ अर्का भारतीय बिद्यार्थी फहिम खानलाई पनि क्रुज म्यानेजमेन्ट कोर्स गर्ने भन्दै क्वालालम्पुर ल्याइयो ।

आउनसाथ उनलाई एउटा नक्कली प्रमाणपत्र थमाउादै दैनिक १८ घण्टासम्म काम गर्न बाध्य पारियो, न त उनले कलेजको मुख देख्न पाए, नत काम गरेको पैसा नै । गला अबरुद्ध पार्दै उनले भने–‘हामी कति दिन भोकभोकै बस्यौं, कति दिन पानीमात्र पिएर बस्यौं, हामी निकै नारकीय जीवन बिताउन बाध्य छौं ।’

उनी पनि २० हजार रिंगेट तिरेर सो कोर्स पढ्न त्यहाा गएका थिए । नेपाली बिद्यार्थी कार्की र रिसालका अनुसार अहिले उनीहरु बन्दी अबस्थामा जीवन बिताइरहेका छन् । ‘हाम्रो पासपोर्ट उनीहरुले नियन्त्रणमा लिएका छन, हामी नेपाल फर्किन्छौं भन्दा पनि पाइदैन, काम गर्न बाध्य पारिएको छ, तर पैसा दिन्न ।’ उनीहरुले पीडा पोखे । उनीहरुलाई क्रुज कोर्स अध्ययनपछि मासिक ४ हजारदेखि ८ हजार रिंगेटसम्मको तलव हुनेगरी इन्टर्नसीप गर्न दिइने कलेजले आश्वासन दिएको उनीहरुले दावी गरेका छन् ।

मानवअधिकारबादी संस्था तानागानिताको सहयोगमा पिडीत बिद्यार्थीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै आफुलाई न्याय दिलाउन मलेसिया सरकारसमक्ष अपिल गरेका छन् । नोबेल पुरस्कार बिजेता तानागानिता प्रमुख आइरिन फर्नान्डेजले भनिन–‘करिव ४ सय बिद्यार्थीबाट लाखौं रिंगेट ठगेको छ, अमानवीय ब्यबहार गरेको छ तर पटक पटक उजुरी गर्दा पनि कलेज संचालकमाथि सरकारले कारवाही गरेन ।’

उनले कलेज सिल गरी संचालकलाई पक्राउ गर्न र ठगिएका भारतीय तथा नेपाली बिद्यार्थीको सवै पैसा फिर्ता गर्न मलेसिया सरकारसाग माग गरिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

,

0 comments

Write Down Your Responses