National News,
Video
»
पौडेलको गाडीमा बम प्रहार, बाग्लुङमा बस र भ्यानमा आगजनी (भिडियोसहित)
पौडेलको गाडीमा बम प्रहार, बाग्लुङमा बस र भ्यानमा आगजनी (भिडियोसहित)
तनहुँ, बाग्लुङ, कार्तिक १४ । नेपाली कांग्रेसका उपसभापति एवं तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार रामचन्द्र पौडेलको गाडीमा अज्ञात समूहले बम प्रहार गरेको छ । चुनावी प्रचारका क्रममा तनहुँको रामजाकोट रुपटारमा पौडेल चढ्ने गाडी पार्किङ गरेर राखिएको अवस्थामा पेट्रोल बम प्रहार गरिएको हो ।

मोटरसाइकलमा आएका व्यक्तिहरुले चार वटा पेट्रोल बम प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।
उता, बाग्लुङमा एकीकृत माओवादीका कार्यकर्ता चढेको बस र पिकअप भ्यानमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । जिल्ल्लाको बिहुँमा एकीकृत माओवादी कार्यकर्ता चढेको बस र अमरभूमी भुस्कातमा पिकअप भ्यानमा आगजनी भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रमा सहभागी हुन बिहुँबाट कार्यकर्ता लिएर उक्त गाडी सदरमुकाम जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
गाडीमा रहेका कार्यकर्ता निस्केर भागेकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगजनीका कारण बस र भ्यान पूर्ण रुपमा ध्वस्त भएको छ ।
0 comments
Write Down Your Responses