सुशीलले फरिया नलाँदा सेकुवा फसाद

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२३ साउन, काठमाण्डौं । इतिहासदेखि नै ‘फरिया फर्मुला’ मा चलेको कांग्रेसमा यसचोटि फरिया ‘बर्जित’ पारिँदा बजेको सेकुवामा वाइन र मासु खपत भएको छ । सभापति सुशील कोइराला भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्राणामा दिल्ली गएपछि केही ‘फरिया’ को सेकुवा जमघट भएको हो । जिकिर थियो, ‘सुशील दा’ लाई त्यत्रो भन्दाभन्दै किन मान्नुभएन ?’ कोइरालाका नाममा रकम असुलीदेखि हैसियत दुरुपयोग गर्नेसम्मको अभियोग लागेका पिए लक्ष्मण ढकालविरुद्ध अनामनगरस्थित सेकुवा सेन्टरमा खनिने कांग्रेस नेतृहरुमा हालै कोइरालासँगै अमेरिकाबाट फर्किएकी मृदुला कोइराला, बर्दियाकी मालती सोडारी, तरुण दलकी नेता लक्ष्मी खतिवडा र कपिलदेव थापाको सम्पत्तिसम्बन्धी उजुरीका कारण अप्ठेरोमा परेकी हेटौंडाकी रीता खनाल हुन् ।



दुई बर्षअघि सुशील अमेरिकाबाट र्फकदा जर्मनी, बेलायत हुँदै दिल्लीमा सोनिया गान्धीलाई सुटुक्क भेट्दासम्म साथ रहेकी मृदुला यसपालि किन भारतको टोलीमा परिनन् ? उनीहरुले यसबारे त्यहाँ चर्चा गरे । जबकी दुई बर्षअघि सोनियासँग भेट्दा सुशीलले आफ्ना पिए पनि नलगेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ ।

कोइरालाको भारत भ्रमणका कारण मण्डिखाटारमा अर्को ‘आगो’ दन्किएको छ । एमाले वरिष्ठ नेता माधव नेपाल आफ्नो पार्टीका विदेश विभाग सदस्यसहित भारत पुगेका थिए । तर, कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला त्यषे टोलीमा नपरेपछि ‘धुँवा’ भएकी हुन् । बीचमा तीन चार राउन्ड चीन गएको र भारतले विश्वास नगर्दा उनको उपस्थितिमा हुने भ्रमण फलदायी नहुने कारण नपारिएको. खबर पनि मण्डिखाटार नपुगेको होइन । तर, सुशील भारत जाने अघिल्लो दिन उनी केही सहयोगीसँग भन्दै थिइन्, ‘त्यो त बाहाना मात्रै हो, त्यसमा को लागेको छ, मलाई सब थाहा छ, बेला भएपछि मैले जान्या छु,।’ उता, वीपीपुत्र सशांक कोइरालाको घरमा भने ‘जुहारीको यत्रो शान’ भन्दै भारत भ्रमणबारे कुराकानी चल्न थालेका छ ।

प्रकाशमान सिंह (पार्टी निर्वाचित महामन्त्री) टोलीमा परेकोप्रति सशांकको झुन्ड असहमत छैन् । तर, यहाँको एयरपोर्टदेखि त्यहाँका प्रधानमन्त्रीसँगको भेटसम्म त्यही एउटा जुहारी कोट ढल्काउँदै पुगेका अर्का महामन्त्री कृष्ण सिटौलाको कुरा कटनी भएको हो । ‘म तिम्रै हुँ प्रभु भन्नलाई जुहारी लाएको होला नि !’ सहयोगी माझ सशांक भन्दै थिए । सशांकले भने राजाको पक्षमा बोलेको भन्दै भारतले शंका गरेका कारण भ्रमण टोलीमा नपरेका हुन् । तर, सुजताले जस्तै सशांकले पनि यो कारणलाई ‘बहाना’ मात्र भनेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses