पाँचथरका ४४ विद्यालयका प्रधानाध्यापक विभागीय कार्वाहिमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
एसएलसी परिक्षामा १५ प्रतिशत भन्दा कम विद्यार्थी उतिर्ण गराउने पाँचथरका ४४ विद्यालयका प्रधानाध्यापक विभागीय कार्वाहिमा परेका छन । यसरी कार्वाहिमा गरिएकामा २०६९ सालको एसएलसीमा एकजना पनि विद्यार्थी उतिर्ण गराउन नसकेका १३ र १५ प्रतिसत भन्दा कम उतिर्ण गराएका ३१ वटा मावि र उच्च मावि छन । यो सँगै कक्षा ३ र ५ को सिकाई उपलव्धि, कक्षा ८ को जिल्ला स्तरीय परिक्षा र एसएलसीमा ३० प्रतिसत भन्दा कम नतिजा हासिल गरेका १ सय २७ वटा विद्यालय पनि कार्वाहिको सूचीमा छन ।
जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालका अनुसार एसएलसीमा तीस प्रतिसत भन्दा कम नतिजा हासिल गर्ने बिद्यालयलाई सचेत पत्र पठाउँदै कार्वाहिका लागि क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा र जिल्ला प्रशासन कार्यालय पाँचथरलाई पत्र लेखिएको छ । शिक्षा नियमावली २०५९ को नियम १ सय ४३ क बमोजिम आगामी शैक्षिक सत्रमा पनि सिकाई उपलव्धि तथा जिल्ला स्तरीय र एसएलसी परिक्षाको नतिजा १५ प्रतिसत नपुगे शिक्षकहरुको ग्रेड रोक्का हुने व्यवस्था छ । गत वर्षको एसएलसी परिक्षामा गुप्तेश्वर उच्च मावि ओयाम,नारायणी मावि फलैंचा, बुद्व मावि फलैंचा,सिंहवाहिनी मावि सिदिन,कालिका मावि बाबुंगा,खुँगा मावि एकतिन,सरस्वती मावि मेमेङ,सिद्वकाली मावि भारपा,खाल्डे मावि यासोक,सत्यहाङमा उमावि इम्वुङ,ओलने मावि, र फिदिम उच्च माविमा सञ्चालित (खुल्ला तर्फ)को एसएलसी नतिजा सुन्य थियो । यस्तै २९ विद्यालयले १५ प्रतिसत भन्दा कममात्र विद्यार्थी उतिर्ण गराएका थिए ।
यसैगरी गत शैक्षिक सत्रमा एसएलसी र कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा ३० प्रतिसत भन्दा कम विद्यार्थी उतिर्ण भएकासँगै कक्षा ३ र ५ को सिकाई उपलव्धि ३० प्रतिसत भन्दा कम देखिएका १ सय २७ विद्यालय पनि कार्वाहिको सूचीमा परेका छन । तिनीहरुलाई पनि शिक्षा नियमावली २०५९ अनुसार कार्वाहि गर्न क्षेत्रीय प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रशासन कार्यालय पाँचथरलाई पत्र लेखिएको जिशिअ नेपालले जानकारी दिए । उक्त नियमावलीमा यस्ता प्रधानाध्यापक र विषय शिक्षकको ग्रेड सँगै विद्यालयकले पाउने अनुदान समेत रोक्का गर्ने व्यवस्था छ । कार्वाहिको सूचीमा परेका मध्ये अधिकांस विद्यालयको सिकाई उपलव्धि,कक्षा ८ को जिल्ला स्तरीय परिक्षा र एसएलसीको नतिजा ३० प्रतिसत भन्दा कम रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ । जिशिका पाँचथरले यस्ता विद्यालयलाई सचेत पत्र पठाउँदै विभागीय कार्वाहिका लागि सिफारिस गरेको यो नै पहिलो पटक हो ।डिसीनेपाल
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses