जेठी हुँदाहुदै कान्छी श्रीमती ल्याएपछि जोडी पक्राउ

भिडियो हेर्न तल क्लिक गर्नुहोस

खोटाङ, श्रावण बहुविवाह गर्ने जोडी पक्राउ परेका छन् । जेठी हुँदाहुदै कान्छी श्रीमती ल्याएको आरोपमा खार्मी–५ का ४४ वर्षीय धनकेशर राई र २० वर्षीया प्रमिला राई पक्राउ परेका हुन् ।



धनकेशरका जेठी श्रीमती झुमा राईले दिएको उजुको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रह कार्यालय खोटाङका प्रह निक्षक दुर्गा रेग्मीले जनाए । उदयपुरको बेल्टार बस्दै आएका उनीहरुलाई सदरमुकाम दिक्तेल आएको मौकामा पक्राउ गरिएको निक्षक रेग्मीको भनाइ छ ।

आफूहरुले ती जोडीलाई नियन्त्रणमा लिए पनि थप कारबाहीको लागि झुमाले प्रक्रिया अगाडि नबढाएकाले प्रहलाई अप्ठ्यारो परेको निक्षक रेग्मीले जानका दिए । रेग्मीले भने कारबाहीको लागि थप प्रक्रिया अगाडि नबढाइए आफन्तको रोहबरमा छाडिनेछ ।’

२१ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका झुमा र धनकेशरको लामो समयसम्ममा पनि सन्तान नभएपछि परिवारकै सल्लाहमा धनकेशरले प्रमिलासग दोश्रो विवाह गरेको पारिवारिक श्रोतले जनाएको छ । Source:- ekantipur

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses