वाइसीएलपछि समातिए तरुण दलका कार्यकर्ता
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
चितवन - माओवादी युवा संगठन वाइसीएलका कार्यकर्ता समातिएको हप्ता दिन नबित्दै चितवन प्रहरीले नेपाली काँग्रेसको तरुण दलका कार्याकर्तालाई समाएको छ। प्रहरीले भारतीय नागरिकलाई कुटपिट गरेको आरोपमा हिजो दिउँसो तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमेश राईसहित दुईजनालाई समाएको हो।

भारतीय नम्बरको बलेरो जीपमा चढेका भारतीयलाई उनीहरुले गाडी रोकेर कुटपिट गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय चितवनका सह प्रवक्ता प्रहरी निरीक्षक जीवलाल चुदालीका अनुसार राईसहित यमबहादुर कार्की पनि समातिएका हुन्। 'रोयल सेन्चुरी होटल अगाडी भरतपुर ओरालोमा उनीहरुले गाडी रोकेर भारतीय नागरिकलाई कुटेको भन्ने सूचना पाएपछि हामीले समाएका हौं,' प्रहरी निरीक्षक चुदालीले भने।
उनीहरुलाई अनुसन्धानका लागि म्याद थप समेत गरेको उनले जानकारी दिए। तरुण दलमा आवद्ध राईको नाम यसअघि पनि जिल्ला भित्र हुने विभिन्न खालका झडपका घटनामा मुछिने गरेको थियो। कान्छी नामले चिनिने यमबहादुर कार्कीको नाम पनि जिल्लामा हुने विभिन्न खालका अपराधिक घटनाहरुमा मुछिने गर्दथ्यो।

0 comments
Write Down Your Responses