मंसिर ४ को चुनावमा ३३ दलले प्रतिवद्धता जनाउनुपर्छ : चार दल ,,वैद्यले चुनाब बिथोल्न थापेको धरापमा नपर्ने सामुहिक निश्कर्ष
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
२३ साउन, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिले मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचन स्थगन गर्ने वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको माग अस्वीकार गर्ने निर्णय गरेको छ । राजनीतिक समितिको बुधबार बसेको बैठकले वैद्य नेतृत्वको मोर्चालाई वार्तामा विश्वासको वातावरण बनाउन मंसिर ४ को चुनावप्रति प्रतिवद्धता जनाउन आग्रह गने निर्णयसमेत गरेको छ ।
‘उहाँहरुले प्रस्तुत गर्नभएको १८ बुँदे मागपत्रको ३ नम्बर बुँदामा उहाँहरुले मंसिर ४ को निर्वाचनका सबै प्रक्रिया स्थगन गर्न भन्नुभएको छ, १८ बुँदामा कतै पनि चुनावप्रति प्रतिवद्धता जनाइएको छैन’- समितिको बैठकमा सहभागी एक नेताले बुधबार साँझ अनलाइनखबरसँग भने, ‘मंसिर ४ मा चुनाव गर्नका लागि ३३ दलका तर्फबाट प्रतिवद्धता आएन भने हामी उहाँहरुले थापेको धरापमा परेर चुनाव स्थगन गर्दैनौं, यो आजको बैठकले निकालेको एक मतको निश्कर्ष हो ।’
अशोक राईसँग बिहीबार वार्ता हुने
उच्च्स्तरीय राजनीतिक समितिको बैठकले विहीबार विहान ८ बजे अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । वैद्य नेतृत्वको ३३ दलीय मोर्चासँग शुक्रबारमात्रै वार्ता गर्ने चारदलको निर्णय छ । ‘भोलि बिहान अशोक राईसँग बसेपछि दिनभरि आआफ्नो पार्टीमा आन्तरिक छलफल गर्ने र पर्सि सबै दलसँग संयुक्त र अन्तिम वार्तामा बस्ने निर्णय भएको छ ।’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
‘पहिले चुनावमा प्रतिवद्धता जनाऊ’
वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर ४ को चुनावमा जाने प्रतिवद्धता जनाएको खण्डमा उनीहरुले उठाएका अन्य मागबारे भने चार दलले लचकता अपनाउने भएका छन् । चारदलले विहीबार चुनाव स्थगन बाहेकका अन्य मागबारे आ-आफ्नो पार्टीभित्र आन्तरिक छलफल गरेर कतिसम्म लचकदार हुन सकिन्छ भन्ने विषयमा निचोड निकाल्ने बताइएको छ । आन्तरिक बैठकपछि साझा धारणा बनाएर शुक्रबार असन्तुष्ट सबै दलसँग अन्तिम वार्ता गर्ने चार दलले निर्णय गरेका हुन् ।
बैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंगलबारको वार्तामा सहमतिमा नपुग्दासम्म चुनावी प्रक्रिया स्थगित गर्नु पर्ने, सर्बदलीय सरकार गठन गर्नु पर्नेसहितको १८ बुँदे माग राखेको थियो । तर, राजनीतिक समितिले पनि वार्ता सफल पार्नका लागि मंसिर ४ को चुनावमा प्रतिवद्धता जनाउन वैद्यपक्षसित शर्त तेस्र्याएका छन् । ‘मंसिर ४ को चुनाव बटमलाइन हो, त्यसमा नआउने हो भने सहमति हुँदैन ।’ स्रोतले भन्यो ।

0 comments
Write Down Your Responses