Health
»
मोटी आमाका सन्तानको आयु छोटो
मोटी आमाका सन्तानको आयु छोटो
पछिल्लो अध्ययनले मोटोपना भएका महिलाबाट जन्मिएका सन्तानहरुको आयु छोटो हुने देखाएको छ । मोटी आमाबाट जन्मिएका सन्तान ५५ वर्षको उमेर अगावै मर्ने सम्भावना सन्तुलित तौल भएका महिलाबाट जन्मिएका भन्दा एक तिहाइ बढि हुने अध्ययनको निष्कर्ष रहेको छ । साथै मोटोपना भएका महिलाबाट जन्मिएका सन्तानहरु हृदयाघात तथा अन्य खाले मुटु सम्बन्धि रोगका कारण अस्पताल भर्ना हुनुपर्ने खतरा २९ प्रतिशतले बढ्ने समेत देखिएको छ ।
यसअघिका अध्ययनले मोटोपना भएका महिलाबाट जन्मिएका बच्चाबच्चीमा मुटु सम्बन्धि रोग, मधुमेह तथा मोटोपना हुने सम्भावना बढि हुने तथ्य पत्ता लगाइसकेको भएपछि पछिल्लो अध्ययनले भने त्यस्ता सन्तानको आयु पनि छोटो हुने र कम उमेरमै मृत्यु हुने खतरा बढि हुने देखाएको हो ।
स्कटल्याण्डको एबरडिन तथा इडिनबर्ग विश्वविद्यालयका शोधकर्ताहरुले १९५० देखि १९७६ को अवधिमा जन्मिएका ३८ हजार मानिसमा अध्ययन गरी यस्तो निष्कर्ष निकालिएको हो । यसले के देखाएको छ भने जो व्यक्तिका आमाहरु उनीहरु जन्मिँदाको समयमा मोटोपना भएका थिए उनीहरुमा वैँशमै मर्ने जोखिम ३५ प्रतिशत बढि थियो ।
शोधकर्ताहरुका अनुसार गर्भवती महिलामा मोटोपनाको समस्या बढिरहेको छ जुन आमा र बच्चा दुबैको स्वास्थ्यका लागि जोखिमपूर्ण बनिरहेको छ ।
0 comments
Write Down Your Responses