साढे ६ सय बढेर सुनको भाउले पुन ५४ हजार नाघ्यो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
३१ साउन, काठमाडौं । स्थानिय बजारमा बिहीबार छापावाला सुनको भाउ तोलाको ५४ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार तोलाको ५३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छापावाला सुन ६ सय ५० रुपैयाँ बढेपछि ५४ हजार ५ सय पुगेको हो । बुधबार सुनको भाउ तोलामा साढे ४ सय रुपैयाँ घटेर कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ पनि बिहीबार तोलामा साढे ६ सय रुपैयाँ बढेर ५४ हजार २ सय ५० रुपैयाँ पुगेको छ । चाँदीको भाउ बिहीबार तोलामा २० रुपैयाँ बढेर ९ सय १५ रुपैयाँ पुगेको छ । बुधबार चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses