‘डिभोर्स’मा नाङ्गिए दुर्इ नयाँ हिरोइन (फोटो फिचरसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

‘सिनेमाले समाजमा भएको वास्तविक घटनालाई पर्दामा उतारेको छ’, निर्देशक मनिष पन्थले नयाँ चलचित्र ‘डिभोर्स’का बारेमा अनलाइनखबरसँग भने ।



चलचित्रका केही तस्बीर अनलाइनखबरलाई उपलब्ध गराउँदै निर्देशक पन्थले समाजमा विभिन्न नाममा ‘डिभोर्स’ हुने गरेको तर्क गर्दै आफ्नो चलचित्रले यस्तै विषयलाई उठान गरेको जनाए । श्रीनगर फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा पन्थको नै कथा तथा छायांकन छ । चलचित्रमा अधिकांश नयाँ अनुहारलाई देख्न सकिनेछ । चलचित्रमा किशोर श्रेष्ठ, आभाष गुरुङ, बीनिता रम्तेल, सरुना खत्री, वीना थापा, प्रदिप ढकाल, कृष्ण पाण्डे, सुशिल थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।



चलचित्रमा सानुकुमार महर्जनको द्वन्द्व, विशाल हुँमागाई र कृष्ण भण्डारीको संगीत छ । चलचित्रमा रोहित पुरी, मिन प्रसाद श्रेष्ठले लगानी गरेका छन् । निर्माणपक्षले उपलब्ध गराएको तस्बीरमा नव कलाकारद्धय बिनिता रम्तेल र सरुना खत्रीको उत्तेजक दृश्य हेर्न सकिन्छ । चलचित्रमा यि दुई कलाकारले खुलेरै हट दृश्य दिएका छन् ।




source:- onlinekhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses