अर्काकी श्रीमतीसँग सलमान...
सलमान खानको नयाँ चलचित्र 'जय हो' आगामी जनवरी २४ देखी रिलिज हुने भएको छ । चलचित्र रिलिज हुनु अगाडिदेखि नै सलमान खानले आफ्नो चलचित्रको प्रचारप्रसारलाई निकै तिव्र बनाएका छन् । केहि दिनअघि सलमान खान एक टेलिभिजन कमेडी शो 'कमेडी नाइट्स विद कपिल' मा पुगेका थिए । सलमान खानका साथमा डेजी शाह पनि सँगै उपस्थित थिइन् ।

उक्त कार्यक्रममा सलमान खानले चलचित्रको प्रचारप्रसार गरे । यस्तै, उनले कमेडियन कपिल शर्माकी पत्नीसँग पनि निकै मस्ति गरेका थिए । उनले कपिलकी पत्नीसँग मस्ति त गरे साथमा कपिलकी हजुरआमासँग समेत निकै मस्ति गरेका थिए । उक्त शोमा स्वेता तिवारीलाई समेत बोलाइएको थियो । उनले पनि सलमान खानसँग कार्यक्रममा नृत्य गरेकी थिइन् । सलमान खान उक्त कार्यक्रममा निकै कुल तथा रोमान्टिक देखिएका थिए । चलचित्रकी नायीका डेजी कालो रंगको लुगामा निकै सुन्दर देखिएकी थिइन् ।

चलचित्र 'जय हो' दक्षिण भारतीय चलचित्र 'स्टालिन'को हिन्दी रिमेक हो । यस चलचित्रमा चिरञ्जीवीका मुख्य भूमिका निभाएका छन् ।
चलचित्रमा सलमान खानले मेजर जय अग्निहोत्रीको भूमिकामा देखिएका छन् ।
source : nepaliheadlines
0 comments
Write Down Your Responses