National News
»
त्रिशुलीमा ट्रक खसालेर यसरी चोरियो लाखौंको ब्याट्री
त्रिशुलीमा ट्रक खसालेर यसरी चोरियो लाखौंको ब्याट्री
चितवन , पुस २६ – इन्भर्टरको ब्याट्री चोरी गरी ब्याट्री बोकेको ट्रक नाटकीय रुपमा त्रिशुलीमा खसाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्जबाट काठमाडौ लैजादै गरेको इन्भर्टरको ब्याट्री चालकसंगको मिलेमतोमा चोरी गरी रित्तो ट्रकलाई त्रिशुलीमा खसालिएको प्रहरी अनुसन्धानबाट पुष्टी भएको छ ।
यसमा संलग्न वीरगञ्ग १९ का ४० वर्षका विनोदप्रसाद अग्रवाल, वीरगञ्ज १३ का रञ्जित अग्रवाल, वारा परवानीपुरका मुकेश साह र भारत रक्सौलका पिंकु गुप्तालाई प्रहरीले सार्बजनिक गरेको हो ।

ट्रकका चालक र सह चालक भने फरार रहेका छन् । उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । गएको मंसिर १६ गते मुग्लिन नजिकै त्रिशुली नदीमा ट्रक खसेको जानकारी पाएपछि घटनास्थलको पुग्दा शंकास्पद लागेर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख प्रधुम्न कार्कीले जानकारी दिनुभयो ।
फ्ल्यास क्यारियरले काठमाडौको हुलास पावर प्रालिका लागि ना ३ ख ६५०२ नम्वरको ट्रकमा राखेर तीन सय ६७ थान ब्याट्री लगेको रेकर्ड भएपनि घटनास्थलमा दुई चार वटा मात्र ब्याट्री भेटिएको, ट्रकको ढोका बन्द भएपनि ट्रकमा चालक र सह चालकको शब फेला नपरेको पाइएपछि यसलाई अनुसन्धान गरिएको कार्कीले जानकारी दिनुभयो ।
खोजतलासका क्रममा दुई दिनअघि चितवन नारायणगढको ईश्वरी खरालको घरमा ३ सय ३८ थान ब्याट्री राखेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
खरालसंग बुझ्दा विनोदप्रसाद शाहले भाडामा लिएर राखेको थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप दुई थान ब्याट्री शाहको कोठाबाट बरामद भएको र अन्य गिरोह उनीहरुबाटै पत्ता लागेको प्रमुख प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिनुभयो ।
चोरी भएको ब्याट्रीको बजार मुल्य ५५ लाख रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ । ब्याट्री काठमाण्डौ लैजाने जिम्मा लिएको फ्ल्यास क्यारियरले ब्याट्री र ट्रकको बिमा रकम दाबीका लागि मुग्लिन प्रहरीबाट सिफारिस समेत लगिसकेको भएपनि त्यसलाई रोकिएको उहाँले जानकारी दिनुभयो ।
अहिलेसम्मको अनुसन्धानले ब्याट्री चोरीको घट्नामा फ्लास क्यारिएरको संलग्नता नखुलेपनि बिमा दाबी रोकिएको उहाँले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses