‘लोफर’ले छुट्याउनेछ छवि र रेखालाई कसले बनायो ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नायिका रेखा थापालाई निर्माता छविराज ओझा आफ्नो बच्चा भन्छन् । रेखालाई ‘हिरो’ नामक सिनेमाबाट सिने नगरीमा ल्याएकाले पनि छवि उनलाई आफ्नो बच्चा भन्न रुचाउँछन् । यता नायिका रेखा थापा पनि छविलाई ड्याडी भन्छिन् ।



छविराजले बनाएका सबैजसो सिनेमामा रेखाले अभिनय गरेकी छिन् । यसैले पनि छविका सबै सिनेमा सफल पनि छन् । यसैले सिने नगरीमा एउटा बिषय सधै बहसमा पनि रहने गर्छ । आखिर रेखालाई छविले बनाएका हुन् या रेखाको कारणले छविको सिनेमा हिट भएको हो । कतिपय भन्छन् रेखालाई सिने नगरीमा स्टार बनाउने छवि हुन् ।

यस्तै कतिपयको तर्क छ, छविको सिनेमा हिट हुन रेखा नै चाहिन्छ । यसैले पनि रेखा र छविको नाम सम्बन्ध बिच्छेद पश्चात पनि जोडिदै आएको छ । छविराजले पनि पछिल्लो चलचित्र ‘लोफर’मा रेखालाई नराखे पनि उनको नाम भने लिन छोडेका छैनन् ।

निर्माता छविराज ओझाले आफ्नै नाममा ब्यानर दर्ता गरेर बनाएको चलचित्र ‘लोफर’ मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा नायिका रेखा थापाको ठाउँमा नव कलाकार रजनी केसीलाई लिइएको छ । आदित्य बिक्रम लम्सालको निर्देशनमा तयार भएको यो चलचित्रलाई छविले मल्टिप्लेक्स केन्दि्रत भनेका छन् ।

सिनेमाको प्रचारप्रसार आफ्नै तरिकाले गर्ने छवि यसपटक भने केही धरमराएका पनि छन् । रेखा थापा विनाको यो सिनेमा असफल भएको खण्डमा धेरैले भन्ने छन्, ‘आखिर छवि कहाँ चल्छन् र रेखा विना ।’ यसैले पनि छविको आफ्नै नाम कत्तिको बजारमा बिकेको रहेछ भन्ने देखाउन पनि ‘लोफर’ चल्नु जरुरी छ । यो चलचित्रमा आर्यन सिग्देल, रजनी केसी, दयाहाङ राई, मदनमणी, सुशिल पाण्डे लगायतका कलाकारको अभिनय छ ।

नायक आर्यन सिग्देललाई पनि बजारमा उनी रेखा विना चल्दैनन् भन्ने आरोप लागेको छ । उसो त यतिबेला आर्यन र रेखा बिच बोलचाल भने छैन । रेखालाई देखाउन छविले उनकै दुश्मन आर्यनलाई ‘लोफर’मा लिएका थिए । यो सिनेमा नचलेको खण्डमा आर्यन र छवि रेखा विना बिक्दैनन् भन्ने पुष्टी हुने तर्क धेरैको छ । यसैले ‘लोफर’ले रेखाका कारण छवि हिट भए या छविका कारण रेखा स्टार भइन् भन्ने देखाउने वुझाई चलचित्र विश्लेषकहरुको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses