National News
»
कतारका उँटमा भाइरस संक्रमण, हजारौं नेपाली प्रभावित हुने
कतारका उँटमा भाइरस संक्रमण, हजारौं नेपाली प्रभावित हुने
२१ मंसिर, काठमाडौं । कतारमा उँटलगायतका पशुमा श्वासप्रश्वाससम्बन्धी भाइरस देखा परेको छ । ‘यसकै कारण’ एक कतारी र दुई विदेशीको ज्यान गइसकेको समाचार छ । ती जनावरको स्याहारलगायतमा दसौं हजार नेपाली कामदार पनि संलग्न छन् । तर, अहिलेसम्म नेपालीमा संक्रमण देखिएको खबर छैन ।
‘खाडी श्वासप्रश्वाससम्बन्धी रोग’ (एमईआरएस) भनिएको यस भाइरसको अध्ययन गर्न देशभर सबै उँट र पशुको परीक्षण गर्ने कतार सरकारले जनाएको छ । यो भाइरस मानव वा पशु केबाट सरेको भन्ने प्रस्ट छुट्याउन नसकिएको उसले जनाएको छ ।
मृत्यु भएका दुई विदेशीको देश खुलाइएको छैन । कतारको सुपि्रप हेल्थ काउन्सीलले भने साउदी अरबबाट फैलिएको भनिएको यस रोगकै कारण मात्रै मृत्यु भएको सूचना सही नभएको जनाएको छ । नेपाली दूतावासले यस्तो प्रकारको रोगबाट नेपाली कामदार संक्रिमत भए/नभएको कुनै सूचना नआएको जनाएको छ ।
काउन्सीलका निर्देशक शेख मोहमद बिन हमाद हल थानीले पत्रकार सम्मेलन गर्दै यो भाइरसबाट संक्रिमत भएर मृत्यु नभई अन्य ‘क्रोनिक’ रोगबाट भएको जनाए । मानव र जनावरसँगै बस्ने क्षेत्रमा निगरानी बढाउने उसले जनाएको छ । काउन्सीलले वातावरण मन्त्रालय र विश्व स्वास्थ्य संगठनसँग समन्वय गरी रोग नियन्त्रण गर्न र पत्ता लगाउन काम थाल्ने जनाएको छ । ‘एमईआरएस प्राणघातक रोग होइन,’ पब्लिक हेल्थ डिर्पाटमेन्टका निर्देशक अल्थानीले भने, ‘यो रोगबाट कतारमा जनावर र मान्छेको मृत्यु भएको होइन । उनीहरू अरू नै रोगबाट मृत्यु भएको हो ।’
यस रोगको साउदी र कतारमा मात्रै प्रभाव परेको छ । कतारमा नौ जना व्यक्ति संक्रमित भएको बताइएको छ । अल्थानीले जनावर र मानिसबीच सम्बन्ध हुने भाइरस अहिले पत्ता लागिनसकेको बताए । साहानियाँको एउटा र्फमका १४ मध्ये तीनवटा उँट भाइरसबाट प्रभावित भएको अवस्थामा पत्ता लगाइएको थियो । त्यहाँ बस्ने दुई जनालाई समेत परीक्षण गर्दा ‘पोजेटिभ’ पाइएको छ । ‘हामीलाई अझ थाहा छैन कि भाइरसबाट मानव र उँटमध्ये कसलाई पहिलो आक्रमण गर्छ । नयाँ अध्ययनले यो भाइरसको विशेषताबारे हामीलाई सहयोग गर्छ मध्ये आशा राखेका छौं,’ उनले भने, ‘यसको पत्ता लगाउन अन्तर्राष्ट्रिय स्तरलाई ध्यानाकर्षण जनाएका छौं ।’
निर्देशक अल्थानीले यो भाइरस परीक्षण गर्न जीवाणुलाई नेदरल्यान्डस् पठाएको बताए । अन्तर्राष्ट्रिय टोली थप अनुसन्धानका लागि छिट्टै आउने उनले जनाए । सरुवा रोग नियन्त्रणका प्रमुख मोहमद अल हजारीले देशव्यापी रूपमा जनावरबाट नमुना संकलन गर्ने उल्लेख गरे । यो संकलन उँटमा मात्र नभई घरपालुवा जनावर र बाहिरबाट ल्याएको जनावरमा समेत केन्दि्रत गर्ने जानकारी उनले दिए । दीर्घ रोग भएकालाई भाइरस संक्रमण भएमा खतरा रहेको उनले बताए । अस्पतालमा ४ हजार ३ सय २३ जनामा परीक्षण गरिएकोमा ९ जनामा पोजेटिभ देखिएको हमाद अल रुमाहीले बताएको कान्तिपुर दैनिकमा खबर छ । अधिकारीहरूका अनुसार अहिले कतारमा ६ लाख जनवार छन् । तिनमा ६५ हजार उँट छन् ।
0 comments
Write Down Your Responses