National News
»
दोलखा भीमसेनलाई पसिना आयो, देशमा अनिष्ट हुने संकेतः पुजारी, थप फोटो र समाचार पढ्नुहोस्
दोलखा भीमसेनलाई पसिना आयो, देशमा अनिष्ट हुने संकेतः पुजारी, थप फोटो र समाचार पढ्नुहोस्
प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट हुने मान्यता रहँदै आएको छ ।
आइतबार दिउँसो ३:४५ बजेबाट आएको पसिना साँझ ५ बजेसम्म आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए ।

भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएकोमा पौने ५ बजेबाट बायाँपट्टिको पसिना रोकिएको उनले जनाए ।
दायाँ पट्टिबाट पसिना आउँदा राजापक्ष र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पुजा अर्चना गरेका छन् ।
थप क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पु-याउने व्यवस्था छ । राजाको पाला पसिना आउँदा भने राजदरबाट क्षमा पुजाको लागि पञ्चवली पठाउने चलन रहेको थियो ।
अघि २०६२-०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा विरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भूँइचालो आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
0 comments
Write Down Your Responses