भारतको केरलामा येसरी बिचिन्छन नेपाली युवाहरु
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
भारतको केरलामा नेपाली श्रमिकहरु पशुझै बिक्री हुने गरेको रहस्य खुलेको छ । मंसिरको दोस्रो साता अपहरणमा परेका भनिएका जिल्लाको सर्वणपुर र निर्मलबस्तीका युवाहरुको भनाइलाई आधार मान्ने हो भने केरलामा नेपाली श्रमिकहरुको खरिदबिक्री हुने गर्दछ ।
विभिन्न बहानामा केरलामा नेपाली मजदुरलाई पुर्याएपछि मानव तस्करसँग त्यहाँका समान्तहरुले नेपाली श्रमिकहरुलाई किन्ने गरेको पाइएको हो ।

उनीहरु अपहरणमा परेको भनिए पनि वास्तवमा उनीहरु बेचिएका थिए । एउटा मानव तस्करले केरलाका जमिनदारलाई आफूहरुलाई बिक्री गरेको कुरा खेलेपछि आफूहरु भागेर घर फर्किएको निर्मलबस्ती गाविस ९ का पूर्णबहादुर आचार्यले बताएको नेपाल समाचारपत्रमा खबर छ । उनका अनुसार केरलामा ती जमिनदारले तस्करसँग एक व्यक्ति बराबर १ लाख रुपैयाँदेखि डेढलाखसम्म दिएर नेपाली श्रमिकलाई किन्ने गरेका छन् ।
झोलामा पैसा राखेपछि आफूहरुले आफ्नै बिक्री भएको थाहा पाएको र त्यसपछि बसमा जाँदै गर्दा बीच बाटोबाट भारतीय प्रहरीको सहयोगमा आफूहरु भागेर घर फर्किएको अर्का युवक नारायण वाइवाले बताए । उनीहरुसँग गएका गुल्मीका कृष्णबहादुर र निर्मलबस्तीकै बमबहादुर श्रेष्ठ भने अझै केरलामा छन् । उनीहरु बिक्री भइसकेका छन् । त्यहाँ पुगेका नेपालीले कडा शारीरिक परिश्रम गर्नुपर्दछ
भिडियो हेर्न तल क्लिक गर्नुहोस![]() |
0 comments
Write Down Your Responses