शिव रेग्मीको भावनामा निरज र नन्दिताको प्रेमलाप(भिडियो)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

निर्देशक शिव रेग्मी अब हामी माझ छैनन् । तर पनि उनले श्रृजना गरेका थुप्रै गीत, चलचित्र, सिनेमा भित्र चलायमान पात्रहरु भने कहिले पनि मर्ने छैनन् । उनका भावना भित्र पोखिएका शब्दले हामीलाई एकाग्र बनाइदिन्छ । रेग्मीले कोरेका शब्द भित्र वास्तविक जीवन भेटिन्छ, वृद्धवृद्धाको भोगाई भेटिन्छ, तन्नेरीहरुको प्रेम भेटिन्छ । यसैले त उनलाई सबैले मानिसको मन छुन सक्ने निर्देशकको रुपमा चित्रित गरेका छन् ।



उनै रेग्मीले निर्देशन गरेको चलचित्र ‘पराई’ पौष २६ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । गोविन्द शाहीले निर्माण गरेको यो चलचित्रमा निरज बराल, गोविन्द शाही, नन्दिता केसी, गरिमा पन्तको मुख्य भूमिका छ ।

नेपाली समाजलाई टपक्क टिपेर पर्दामा उतार्न माहिर मानिएका स्वर्गिय निर्देशक शिव रेग्मीको ‘पराई’ दर्शकको लागि प्रतिक्षामा छ । चलचित्रमा समावेश ‘जुनलाई सोधे मैले’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । दिपक लिम्बुको शब्द, बसन्त सापकोटाको संगीत रहेको यो गीतमा शिव रेग्मीले शब्द कोरेका छन् । यसैले पनि यो गीतमा एक यूवकको वास्तविक प्रेम झल्केको आभाष पाइन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses